अमेरिकामा कार दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु


प्रकाशित मिति : पुस १, २०७३ शुक्रबार

– बिजय थापा

अमेरिकाको वाशिंगटन सियाटलमा भएको कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी होनहार छात्रा ममता कंडेलको मृत्यु भएको छ ।

बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटना मा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको सब अहिले अस्पताल मै राखिएको बुझिएको छ ।

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्य बस नेपाली चेलीको भने ज्यान गएको छ ।

भर्जिनियामा उनका नजदीक का शर्मा परिवारले जानकारी दिए अनुसार ऊनि मास्कोमा रहने बुझिएको छ। तर अध्ययन को क्रममा संन २०१४ मा आइडाहो विश्व बिद्यालय बाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी थिइन्  ।

जाड़ो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत थिइन। अतिरिक्त क्रियाकलापमाँ समेत प्रतिभाशैली स्व ममता कंडेल केहि समय भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी थिइन् ।

ऊनि एक प्रतिभाशाली छात्रा हुनु को साथै महिला बेच बिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारले जानकारी दिएका छन ।

हिउँको कारण सड़क चिप्लो भई सवारी साधन चिप्लिन गई उक्त दुर्घटना १९५ राजमार्ग को स्टेपो नजदीक भएको हो ।

घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरी अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध माल बाहक गाड़ीलई ठोकिन पुगी त्यों गाड़ीले पनि अर्को गाडीलाई ठोकेको बताएका थिए।  मृत्रक छात्रा कंडेलले पेटी चाही लगाएको सहित उनले बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com