नक्कली समाचार चिनाउने संकेत राख्दै फेसबुक


प्रकाशित मिति : पुस १, २०७३ शुक्रबार

फेसबुकले अब छिट्टै फेसबुकमा शेयर गरिएका गलत समाचारमा चेतावनी संकेत राख्ने जनाएको छ । पाठकलाई झुक्याउने उद्देश्यले फेसबुकमा शेयर गरिने गलत समाचारमा फेसबुकले छुट्टै संकेत राख्ने भएको छ । यस्ता गलत समाचारमा हेडलाइन भन्दा तलपट्टी रातो अक्षरमा समाचारको सत्यताबारे विवाद भएको लेखिने भएको छ ।

फेसबुकले आफै सत्य जाँच्ने नभई विश्वसनीय तेश्रो श्रोतमार्फत सत्य जँचाउने फेसबुकका सिइओ मार्क जुकरबर्गले जनाएका छन् । तेश्रो पार्टी अन्तर्राष्ट्रिय मापदण्डमा रहेर सत्य जाँचबुझ गर्ने संस्था हुनेछ । यस्तो मापदण्डका लागि केही संस्थाहरुले हस्ताक्षर गरिसकेका छन् । फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा जेसुकै पोष्ट गरेपनि नक्कली समाचारमा संकेत दिइने भएको छ ।

जसबाट पाठकलाई कुन नक्कली समाचार र कुन सक्कली समाचार छुट्याउन सहज हुनेछ । त्यस्ता विवादित समाचारहरु फेसबुकको अग्रभागमा देखिने छैनन् ।

फेसबुकले नक्कली समाचार चिनाउनका लागि राख्ने संकेत हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com