न्युयोर्कमा नेपाली सुनपसल अगाडिको सुनपसलमा सम्साँझै डाँका


प्रकाशित मिति : मंसिर १५, २०७३ बुधबार

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सुनपसलमा सम्साँझै लुटपाट प्रयास भएको छ ।

समिर महर्जनको नेपाली गहना पसल क्वीन्स डायमण्डको ठ्याक्कै अगाडि रहेको कुनाल ज्वेलरीमा लुटपाट प्रयास भएको हो ।

बेलुका साढे ७ बजेतिर ७४ स्ट्रीटको ३७०४ मा रहेको कुनाल ज्वेलर्समा चारजना लुटेराहरु प्रवेश गरेका थिए । लुटेराहरु प्रवेश गर्नासाथ कर्मचारीहरु पछाडि पट्टी भागेर अलार्म बजाएका थिए ।

लुटेराहरुले कर्मचारीहरुलाई नियन्त्रणमा लिएर लुट्ने प्रयास गरेपनि तत्कालै डराएर त्यहाँबाट भागेका थिए ।

screen-shot-2016-11-30-at-11-12-03-am

घटनास्थलमा प्रहरी आइपुग्दासम्म लुटेराहरु त्यहाँबाट भागिसकेका थिए ।

घटनास्थलभन्दा अगाडिपट्टी सुनपसल गर्दै आएका क्वीन्स डायमण्डसका संचालक समिर महर्जनले आफूहरु सुरक्षित रहेको बताएका छन् ।

उनले फेसबुकमार्फत भनेका छन् – ‘हाम्रो अगाडि रहेको कुनाल ज्वेलर्समा घटना भएको हो । त्यहाँ प्रहरी गतिविधि तीब्र पारिएको छ । हाम्रो अवस्थाबारे बुझ्न धेरै साथीभाई र आफन्तहरुले फोन गर्नुभएको छ । तर हामी सबै ठीकै छौं ।’

कुनाल ज्वेलर्स भारतीय मुलका अमेरिकनले संचालन गर्दै आएको ज्वेलर्स हो ।

screen-shot-2016-11-30-at-11-11-57-am

फोटो : पिक्स इलाभेन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com