युरोपभरी नयाँ शक्तिका कार्यक्रम, सुवेदी र भण्डारीको सकृयता उल्लेख्य


प्रकाशित मिति : मंसिर १२, २०७३ आईतबार

बेलायतमा डाक्टर बाबुराम भट्टराईको उपस्थीतिमा सफल कार्यक्रमपछि युरोपका विभिन्न देशमा नयाँ शक्ति पार्टीका कार्यक्रम भएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रादेशिक परिषदका संयोजक नवराज सुबेदी र सहसंयोजक शंकर भण्डारीको उपस्थीति र सकृयतामा युरोपका विभिन्न देशमा नयाँ शक्ति पार्टीका प्रवास समितिहरु विस्तार र कार्यक्रमहरु भएका हुन् ।

नोभेम्बर १६ मा पोर्चुगल, नोभेम्बर १८ मा इटली, नोभेम्बर १९ मा स्वीट्जरल्याण्ड, नोभेम्बर २२ मा बेल्जियम, नोभेम्बर २४ मा नेदरल्याण्ड र नोभेम्बर २६ मा डेनमार्कमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । यी सबै कार्यक्रमहरुमा सुवेदी र भण्डारीको सकृय सहभागिता रहेको थियो ।

सुवेदी र भण्डारीको सहभागितामा अब डिसेम्बर ३ मा फिनल्याण्डमा कार्यक्रममा हुनेछ ।

युरोपमा रहेका नेपालीहरुमाझ मात्र नभई कतिपय देशमा त्यहाँका स्थानीय नेताहरुसँग पनि भेटघाट र अन्तरकृयामा दुबै नेताहरु व्यस्त रहेको जनाइएको छ । नयाँ शक्ति पार्टी नेपालको प्रवास समिति विस्तारमा खटेर लागिरहेका नेताहरु सुवेदी र भण्डारी छोटो अवधिमा नै युरोपमा विभिन्न देशमा कार्यक्रम सम्पन्न गर्न सफल भएका छन् ।

युरोपमा गरिएका विभिन्न कार्यक्रमका झलकहरु ।

15209174_1629422510416547_864220239_n

15175567_1628853740473424_1769597615_n

15175597_1629400553752076_1325688002_n

15175607_1628790613813070_140761568_n

15209201_1628897667135698_462010508_n

15218306_1628853633806768_2097393722_n

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com