क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोको निधन


प्रकाशित मिति : मंसिर ११, २०७३ शनिबार

क्युवाका पूर्व राष्ट्रपति एवं कम्युनिष्ट क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको छ ।

क्युवको क्रान्तिका कमाण्डर क्यास्ट्रोको निधन भएको उनका भाई एवं क्युवाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले पुष्टी गरेका छन् ।

सन् २००८ मा राउलले शासन सम्हाल्नु अगाडि फिडेल क्यास्ट्रोले झण्डै ५० बर्षसम्म क्युबामा एकदलीय राज्यका रुपमा शासन गरेका थिए ।

गत अप्रिलमा फिडेल क्यास्ट्रोले कम्युनिष्ट पार्टीको अधिवेशनमा निकै दुर्लभ भाषण गरेका थिए । उनले त्यतीबेला क्युवाको कम्युनिष्ट अवधारणा अझै पनि अर्थपूर्ण नै रहेको बताएका थिए । उनले त्यतीबेला आफू छिट्टै ९० बर्ष पुग्न लागेको र यो कुराको आफैले कहिल्यै परिकल्पना नगरेको बताएका थिए ।

फिडेल क्यास्ट्रोले आफू बिरामी भएपछि सन् २००६ मा आफ्ना भाई राउल क्यास्ट्रोलाई अस्थायी रुपमा शक्ति हस्तान्तरण गरेका थिए । त्यसको दुईबर्षपछि राउल क्यास्ट्रोले पूर्णरुपमा शासनसत्ता सम्हालेका थिए ।

अमेरिका र क्युबाबीचको शितयुद्धको अवधिभर फिडेल क्यास्ट्रो अमेरिकाका कडा आलोचक र विरोधी रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com