डा गोविन्द केसीलाई जबर्जस्ती काठमाडौं ल्याउने सरकारकाे तयारी


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

वार्ता अबरुद्ध भएपछि १९ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई जुम्लाबाट सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ।अनशनरत डा.केसीलाई सत्याग्रहीभन्दा ‘बिरामी’ का रुपमा बलजफ्ती काठमाडौं ल्याउन लागिएको भन्दै उनी पक्षधरले विरोध जनाएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

डा. केसीसँग वार्ता गर्न सरकारले गठन गरेको सचिवस्तरीय टोलीले सोमबार र मंगलबार भएका तीन चरणको कुराकानीमा विषय प्रवेश नै गर्न नसकेको भन्दै डा.केसी पक्षधर टोलीले बुधबार वार्तामा बस्न अस्वीकार गरेको थियो।

गोविन्द केसीका माग पूरा गर्न माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com