नेपालीका लागि टीपीएस रि – रजिस्ट्रेशन सोमबारसम्म, कसरी गर्ने रि -रजिस्ट्रेशन ? (सम्पूर्ण तरिका)


प्रकाशित मिति : श्रावण २, २०७५ बुधबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत काम गर्न पाउने गरी दिएको टीपीएस सुविधाको म्याद सन् २०१९ को जुन २४ मा सकिनेछ । तर त्यतीजेन्लसम्मका लागि टीपीएस सुविधा प्राप्त गर्नका लागि आगामी सोमबार अर्थात जुलाई २३ भित्र रि रजिस्ट्रेशन गरिसक्नुपर्ने युएससीआईएसले जनाएको छ । आगामी सोमबारसम्म रि रजिस्ट्रेशन नगर्ने टीपीएस वाहकहरुले सन् २०१९ को जुन २४ सम्मका लागि टीपीएस सुविधा प्राप्त गर्ने छैनन् ।

कसरी गर्ने रि -रजिस्ट्रेशन ?

– रि रजिस्ट्रेशनका लागि सबै टीपीएस वाहकले फर्म आई ८२१ भर्नुपर्छ । उक्त फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

– डाउनलोड गरेर फर्म राम्रोसँग भर्नुपर्छ । फर्म भर्न कुनै अलमल भएमा थप विधि यहाँ हेर्नुहोला ।

– रि रजिस्ट्रेशन गर्दा फर्म आई ८२१ फाइल गर्न युएससीआईएसलाई कुनै शुल्क तिर्नु पर्दैन ।

– तर १४ बर्षभन्दा माथिको व्यक्तिले बायोमेट्रिक सर्भिस शुल्क भने तिर्नुपर्छ । यो शुल्क ८५ डलर रहेको छ ।

– रि रजिस्ट्रेशन गर्दा यदि तपाईलाई वर्क परमिट आवश्यक छैन भने जम्मा शुल्क ८५ डलरमात्र तिर्नुपर्छ । यदि वर्क परमिट आवश्यक छ भने जम्मा शुल्क ४९५ डलर तिर्नुपर्छ । १४ बर्ष भन्दा कम उमेरको आवेदकको हकमा वर्क परमिट आवश्यक छैन भने कुनै शुल्क तिर्नुपर्दैन । तर वर्क परमिट आवश्यक छ भने जम्मा शुल्क ४१० डलर तिर्नुपर्छ ।

– अमेरिकी बित्तिय संस्थाबाट जारी बैंक ड्राफ्ट, क्यासिएर चेक, सर्टिफाइड चेक, पर्सनल चेक र मनी अर्डरबाट यो शुल्क तिर्न सकिन्छ । रकम पाउनेको नाममाU.S. Department of Homeland Security स्पष्ट रुपमा लेख्नुपर्छ । छोटकरीमा USDHS वा DHS नलेख्नुहोला । पर्सनल चेक बनाउँदा चेकमा जारी गर्ने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर उल्लेख भएको हुनुपर्छ ।

क्रेडिट कार्डबाट तिर्दा यो फर्म भरेर पठाउनुपर्छ । फर्म आवेदनको सबैभन्दा माथि राखेर पठाउनुपर्छ ।

– यदि तपाईको अवस्था बायोमेट्रिक सर्भिस शुल्क तिर्नसक्ने छैन भने फर्म आई ९१२ भरेर पठाउनुपर्छ । वा तपाईले तिर्न नसक्नुको कारण पुष्टी गर्ने आवश्यक कागजात सहित व्यक्तिगत पत्र लेखेर पठाउनुपर्छ ।

– यसरी शुल्क मिनाहाका लागि दिएको आवेदन स्वीकृत भएमा विना शुल्क ६० दिनभित्र र अस्वीकृत भएमा पनि शुल्कसहित ६० दिनभित्र आवेदन दिनुपर्छ ।

– तपाईले अहिले बोकिरहेको वर्क परमिटको अवधि आगामी डिसेम्बर २१ सम्ममात्र स्वत म्याद थपिने भएकाले तपाईले वर्क परमिटका लागि आई ७६५ फर्म भर्नुपर्छ । यो फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

– डाउनलोड गरेर फर्म राम्रोसँग भर्नुपर्छ । फर्म भर्न कुनै अलमल भएमा थप विधि यहाँ हेर्नुहोला ।

– तपाईले सुरुमा आफ्नो टीपीएसको योग्यता प्रमाणित गर्न जुन कागजातहरु पठाउनुभएको थियो, ती कागजातहरु पनि आवेदनसँगै पठाउनुपर्नेछ ।

– यदि तपाईको पुरानो टीपीएस आवेदन अझै पनि पेन्डिंग अवस्थामा छ भने तपाईले रि रजिस्ट्रेशन गर्नु जरुरी छैन । तपाईको आवेदन स्वीकृत भएमा त्यो जुन २४, २०१९ सम्मकै लागि अद्यावधिक हुनेछ । पेन्डिंग वर्क परमिटको सन्दर्भमा पनि सोही नियम लागु हुनेछ ।

तपाईले अमेरिकाको सरकारी युएस पोष्टल सर्भिसबाट आवेदन पठाउँदै हुनुहुन्छ भने यो ठेगानामा पठाउनुहोला ।

U.S. Citizenship and Immigration Services,

Attn: TPS Nepal,

P.O. Box 6943,

Chicago, IL 60680-6943.

तपाईले अमेरिकाको सरकारी युएस पोष्टल सर्भिसबाहेक अन्य कुरियर सेबाबाट आवेदन पठाउँदै हुनुहुन्छ भने यो ठेगानामा पठाउनुहोला ।

U.S. Citizenship and Immigration Services,

Attn: TPS Nepal,

131 S. Dearborn—3rd Floor,

Chicago, IL 60603-5517.

थप जानकारी आवश्यक परेमा युएससीआईएसमा सम्पर्क गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com