ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

अमेरिकी सरकारले बुधबार एसाइलमबारे नयाँ निर्देशिका जारी गरेको छ । क्रेडिबल फियर, रिजनेवल फियर, एसाइलम र रिफ्युजी दाबीबारे युएससीआईएसले एसाइलम आवेदकको अन्तरवार्ता लिने अफिसरहरुलाई नयाँ निर्देशिका जारी गरेको हो ।

सिमानामा अपनाइएको एसाइलमबारेको नयाँ नीतिले शरण खोज्ने हजारौंलाई अध्यागमन अदालतमा निवेदन दिनुअगाडि नै फिर्ता पठाउने सम्भावना रहेको छ । नयाँ नीति अनुशार घरेलु हिंशा र गिरोह हिंशाको पीडित देखाउनेहरुका आवेदन तत्काल अस्वीकार गरिनेछ । नयाँ नीति अनुशार गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुको सन्दर्भमा आवेदकको डर जायज भएपनि एसाइलम अस्वीकार गर्न अधिकारीहरुलाई प्रेरित गरिएको छ ।

 

निर्देशिकाको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

गत महिना महान्यायाधिवक्ता जेफ सेसनले घरेलु हिंशा र गिरोह हिंशाका पीडितहरु एसाइलमका लागि योग्य नहुने निर्णय गरे लगत्तै त्यसको कार्यान्वयनका लागि हिजो डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतको युएससीआईएसले माताहतका अधिकारीहरुलाई यस्तो निर्देशिका जारी गरेको हो । तर अधिकारकर्मीहरुले भने अन्तर्राष्ट्रिय कानुन अनुशार गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुले समेत एसाइलम पाउनुपर्ने माग गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com