अमेरिकामा २१ दिनमा एसाइलम अन्तरवार्ता गरेपनि ब्याकलग जस्ताको तस्तै


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

अमेरिकी सरकारको युएससीआईएसले अहिले एसाइलम आवेदकको अन्तरवार्ता २१ दिनमा गर्दै आएपनि ब्याकलग भने जस्ताको तस्तै रहेको युएससीआईएसकै रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुशार जनवरीको अन्तिममा पेन्डिङ एसाइलमहरु ३ लाख १३ हजार ९ सय ९५ रहेका थिए । पहिले आवेदन दिनेको पहिले अन्तरवार्ता लिन सुरु गरेदेखि फरबरीको अन्त्यमा पेन्डिङ एसाइलमहरु ३ लाख १६ हजार ८ सय ८२ रहेका थिए । त्यस्तै मार्चको अन्त्यमा भने पेन्डिङ एसाइलमहरु ३ लाख १८ हजार ६ सय २४ रहेका थिए ।

गत जनवरीमा ५ हजार ६ सय ८ जनाको अन्तरवार्ता लिएको युएससीआईएसले फरबरीमा ५ हजार १ सय ९० जनाको मात्र अन्तरवार्ता लिएको थियो । मार्चमा भने ५ हजार ५ सय ६७ जनाको अन्तरवार्ता लिइएको थियो ।

युएससीआईएसले अन्तरवार्ताको मिति तय गर्दा सबैभन्दा पछाडि फाइल गरिएका एसाइलमका आवेदनलाई प्राथमिकता दिने गरेको छ ।

अहिले एसाइलमको अन्तरवार्ता लिंदा अन्तरवार्ताको मिति लिइसकेका तर कुनै कारणवश आवेदकको अनुरोध वा युएससीआईएसको आवश्यकताले मिति सार्नुपरेकाहरुलाई पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै त्यसपछि २१ दिन त्यो भन्दा कम समय आवेदन पेन्डिङ रहेकाहरुलाई अन्तरवार्ताका लागि दोश्रो प्राथमिकता दिइएको छ ।

तेश्रो प्राथमिकतामा नयाँ फाइल गरेको एसाइलमबाट पुरानो एसाइलमका आवेदनतिर अगाडि बढ्दै अन्तरवार्ताको मिति तय गरिएको छ । सिमा क्षेत्रबाट समातिनेहरुको अन्तरवार्ताको कार्यभारका कारण २१ दिनभित्र अन्तरवार्ताको मिति तय गर्ने योजनामा केही असर पर्नसक्ने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com