सुन्दर स्वप्न बगैचा

 

काठमाडौंको ठमेल परिसरमा रहेको स्वप्न बगैचामा पुगेर खसोखासका प्रधानसम्पादक किशोर पन्थीले क्यामेरामा कैद गरेका केही तस्विरहरु । 

img_8283

img_8283

img_8275

img_8277

img_8296

img_8298

img_8271

img_8265

img_8251

img_8249

img_8232

img_8229

img_8228

img_8220

img_8218

img_8216

img_8215

img_8213

img_8195

img_8193

img_8191

स्वप्न बगैंचा काठमाडौंको पर्यटकीय स्थल “ठमेल” को प्रवेश मार्गमा अवस्थित एक ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको यो बगैंचा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ। यस बगैंचालाई कतिपयले ‘सपनाको स्वर्ग’ भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला “बेलायत” का राजा ‘किङ् एडवार्ड सातौं’को बगैंचा अवलोकन गरेका थिए। त्यसैबाट प्रभावित भएर उनले सन् १९२०मा यो बगैंचाको निर्माण गरेका हुन् ।

केशर शमशेरको मृत्युपछि २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यस बगैंचाले दशकौंसम्म उपेक्षित बन्नु परेको थियो। झण्डैं ७ वर्ष लगाएर पुननिर्माण गरी २०६४ सालदेखि यो बगैंचा सञ्चालनमा ल्याइएको हो। ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको यो बगैंचाको नमूना वरिष्ठ वास्तुविद् किशोर नरसिंहले गरेका हुन्।

६ ऋतुका नामबाट निर्माण गरिएका सदन (आराम गृह), पोखरी, यूरोपियन शैलीको बरण्डा र विभिन्न प्रकारका चरा वस्ने घरहरूले यो बगैंचालाई थप आकर्षक बनाएको छ। युवाजोडीका लागि मात्र होइन परिवारसहित घुम्न र रमाइलो गर्न पनि सकिने यो बगैंचा प्रवेशका लागि नेपालीलाई ८०, विदेशीलाई १ सय ६० र बृद्धबृद्धा तथा बालबालिकालाई ४० रूपैयाँ शुल्क लाग्छ। शान्त र सफा यो बगैंचा प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक वास्तुकलाको ज्ञान र मनोरञ्जन लिन पनि उपयुक्त छ। स्वप्न बगैंचाभित्र निजी तथा सामूहिक समारोहका साथै सांस्कृतिक र अन्य कार्यक्रमसमेत गर्न सकिन्छ। यो बगैंचामा घुम्न र मनोरञ्जन लिन आउनेहरूको सुविधालाई ध्यानमा राखेर बगैंचा हाताभित्रै ‘केशर क्याफे’ सञ्चालन गरिएको छ।

केशर शमशेरले बेलायतबाट फर्केपछि आफ्ना पिता “चन्द्र शमशेर जङ्गबहादुर राणा”लाई यस्तै किसिमको बगैँचा बनाउन अनुरोध गरे तर जनताले यस कार्यलाई राम्रो नमान्लान कि भन्ने डरले चन्द्रशम्शेरले अनुमति दिएनन्। अनि पैसाको अभावले विशाल बगैँचा बनाउने केशर शम्शेरको सपना अधुरो रह्यो। एकपटक तिहारमा उनले आफ्नो बुबासँग जुवा खेलेर एक लाख रूपियाँ जिते। उनले त्यही एक लाख रूपैंया खर्चेर स्वप्न बगैँचा बनाए। अहिलेको बगैँचा त्यसैको पुरातन विरासत हो। यो बगैंचा भूदृष्य, वास्तुकला र वनस्पति सजवटको संगम हो जसलाई ‘फ्युजन अफ थ्री इलिमेन्टस्’ पनि भनिन्छ। सन् १९६४मा केशरशमशेरको मृत्युपछि नेपाल सरकारको स्वामित्वमा गएको यो बगैँचाको त्यसपछि लामो समयसम्म रेखदेखको अभावमा अस्तित्व लोप हुने अवस्थामा पुग्यो र यसलाई ब्युँताउन “नेपाल भ्रमण बर्ष १९९८ ले मद्धत गर्यो। त्यसैको परिणामस्वरूप सन् २००२मा अष्ट्रियन सरकार र नेपाल सरकारबीच यसको पुनर्निर्माणको संझौता भएपछि लगातार सात वर्ष लगाएर उसैले यसलाई पुनः सोही संरचनामा लग्ने निधो गर्यो र सन् २००७मा उसैको सहयोगमा १० लाख डलरमा यसको जिर्णोद्दार र पुनर्निर्माण सम्पन्न भएपछि यसले जीवन्तता पाएको छ।

सन् १९२० ताका बनाइएको यो ऐतिहासिक बगैँचा हो। १२ रोपनी क्षेत्रफलमा फैलिएको यो बगैंचालाई छवटै श्रृतुको बगैँचा पनि भनिन्छ। जहाँ नेपालको छवटै क्रृतुको झझल्को दिने पेभिलियन बनाइएको थियो तर हाल यसमा वसन्त, गृष्म र वषर्ा गरी तीनवटा क्रृतुका पेभिलियन -सदन) मात्र छन्। यिनै सदनका अघिन्तिर खुला आकाश मुनि आक्कलझुक्कल हुने नाचगान र सांस्कृतिक कार्यक्रमले यसको रौनकता थप्ने गरेको छ। प्राकृतिक सुन्दरता त छ नै यस अलावा कला र ल्याण्डस्केप, कमल पोखरी, क्यास्केट वाटरफल र अर्धचन्द्राकार आकारको क्रिसियन पोखरी, नेपालको तराई, पहाड र हिमालमा पाईने विभिन्न विरुवाहरू वा फूलहरू साथै विदेशवाट ल्याईएका विरुवा र फूलहरू यसका प्रमुख आकर्षक हुन्। शहरी हल्लाखल्लाबाट एकैछिन भए पनि राहत मिल्ने भएकोले पनि प्रकृतिको नजीक पुग्न चाहने र एकान्तपि्रय व्यक्तिहरूका लागि मात्र होइन, भवन निर्माण कला, बरण्डा र पर्गोलाका पारखीहरू यहाँ आउने गरेका छन्। यसबाहेक यहाँ सेता र राता असारे फूल, म्याङनोलिया, “गुलाफ” “अष्ट्रेलिया” “बेलायत” “भारत” बाट ल्याइएका विभिन्न खाले फूलहरू, अग्ला अग्ला नरिवलका रुख, निगालो र खेतको गरा जस्तै गरी बनाइएको चउरको डिजाइन पनि छ।

शब्द श्रोत: विकिपिडिया

बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री



अमेरिकामा नेपाली र नेपाली सम्बन्धित कानुनी कार्यालयहरु

क्षेत्री एण्ड एसोसिएट्स पीसी

ल अफिस अफ बासुदेव फूलारा

मुनगोभन एण्ड एसोसिएट्स 

श्रेष्ठ ल फर्म

ल अफिस अफ केशवराज सेडाई

ल अफिस अफ गिरिजा प्रसाद गौतम



Like us on Facebook
error: Content is protected !!