तपाइँ कति वर्षसम्म बाँच्नु हुन्छ, आफै थाहा पाउनुहोस्……


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

तपाईँलाई लाग्छ, मेरो उमेर कति होला भन्ने । तपाइँ ज्योतिषीसँग जानु भयो भने ज्योतिषीले तपाइँको भविष्य बताउन थाल्छ । तर तपाईँ कति वर्ष बाँच्नु हुन्छ, त्यो आफै पनि पत्ता लगाउन सक्ने ज्योतिष विज्ञान बताउँछ ।

सामुद्रिक शास्त्रकाअनुसार टाउको तथा निधारको रेखा हेरेर नै आफ्नो उमेर पत्ता लाउन सकिन्छ । यसका लागि कुनै पनि ब्यक्तिको निधारको स्थिति, आकार–प्रकार, रंग तथा सुन्दरतामा विशेष ध्यान दिनुपर्दछ । शास्त्रअनुसार शुभ निधारको प्रत्येक रेखामा २५ प्रतिशत आयुको वृद्ध गर्ने तथा अशुभ निधारले त्यत्ति नै प्रतिशत आयु घटाउने गर्दछ ।

आउनुहोस्, आफ्नो मस्तिष्क हेरेर तपाईँ पनि जान्न सक्नु हुन्छ तपार्इँ कति वर्ष बाँच्नु हुन्छ ? ऐना हेरेर नै आफू कति वर्ष बाँच्न सक्छु भनेर पत्ता लगाउनुस् ।

शास्त्रकाअनुसार टाउको उन्नत, सामान्य र निम्न गरी तीन प्रकारको हुन्छ । उन्नत मस्तिष्क सामान्य भन्दा केही माथि उठ्नुका साथै सुन्दर हुन्छ । यस्तो टाउकोमा रेखा स्पष्ट देखिन्छ ।

सामान्य टाउको अनुहार अनुसार हुने गर्छ । उसको रेखा मान्छेको सुखमा भर पर्दछ भने निम्न टाउको सामान्य भन्दा थोरै भित्र मलिन रहन्छ । हल्का कालो हुने भएका कारण रेखा स्पष्ट देख्न सकिदैन ।

उक्त ज्योतिष शास्त्रकाअनुसार जुन मानिसको निधारमा पूर्ण दुई वटा रेखा हुन्छ उसको उमेर लगभग ६० वर्ष हुन सक्छ । यो रेखा एकदमै स्पष्ट देखिएको छ भने त्यो आफ्नो जीवनमा नाम र दाम दुबै कमाउन सक्छ । रेखा काटिएको छ भने त्यो मानिसको जीवन दुःखी हुन्छ ।

सामान्य निधारमा ३ शुभ रेखा छ भने त्यो मानिसको आयु करिब ७५ वर्षको हुन्छ । उसको जीवन पनि सुखी हुन्छ ।

सामान्य निधारमा ५ उत्तम रेखा रहेको छ भने त्यो ब्यक्तिको उमेर एक सय वर्ष सम्म पनि हुने गर्छ । त्यस्तो रेखा भएको मानिसको हर जीवन सुखी हुने गर्छ ।

उन्नत टाउको भएको ब्यक्तिको निधारमा पाँच भन्दा बढी रेखा रहेको छ भने आयु पनि मध्य हुन्छ र अल्पायु हुन्छ ।

निधारमा यदि कुनै पनि रेखा छैन भने त्यो ब्यक्तिले २५ देखि ४० वर्षको उमेरमा निकै दुःख र समस्या झेल्नुपर्ने हुन सक्छ । निधारको कुनै दुई रेखा आपसमा स्पर्ष गरेको छ भने त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com