अमेरिकामा मतदान जारी, नेपाली अमेरिकनबाट मतदान भटाभट


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

 

अमेरिकामा राष्ट्रपतिको चुनावमा मतदान जारी छ । अमेरिकामा विभिन्न राज्यमा त्यहाँको स्थानीय समयअनुकुल मतदान सुरु भएको छ भने मतदान भरे बेलुकासम्म जारी रहनेछ । अमेरिकामा रहेका नेपालीहरु पनि उत्साहजनरुपमा मतदानमा सहभागी हुँदैछन् ।

अमेरिकाको राष्ट्रपति चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकनको संख्या झण्डै २६ हजार रहेको छ ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय राज्यमा १७ बर्ष ) अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन ।

सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।

सन् २०१५ यता ५ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकन नागरिकता लिइसकेका छन् ।

अमेरिकामा रहेका नेपालीहरु मतदानमा सहभागी हुँदाका केही तस्विरहरु ।

अमेरिकी राष्ट्रपतीय चुनावमा मतदानपछि न्युयोर्कमा चर्चित कानुन व्यवसायी खगेन्द्र जीसी र उहाँकी पत्नी रेखा हमाल ।
अमेरिकी राष्ट्रपतीय चुनावमा मतदानपछि न्युयोर्कमा चर्चित कानुन व्यवसायी खगेन्द्र जीसी र उहाँकी पत्नी रेखा हमाल ।
अमेरिकी राष्ट्रपतीय चुनावमा मतदानपछि न्युयोर्कका नेपाली उपेन भट्ट । उनी भट्ट ल फर्ममा कार्यरत छन् ।
अमेरिकी राष्ट्रपतीय चुनावमा मतदानपछि न्युयोर्कका नेपाली उपेन भट्ट । उनी भट्ट ल फर्ममा कार्यरत छन् ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com