पोल्यान्डविरुद्ध सेनेगलको १-२ ले जीत दर्ता


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

फिफा विश्वकप २०१८ को आज छैटौं खेलमा पोल्यान्डविरुद्ध सेनेगलले जीत दर्ता गरेको छ ।सेनेगल त्यहि टोली जसले सन् २००२ को विश्व कपको पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो ।

१२ वर्षपछि विश्वकपमा फर्किएको पोल्याण्ड २–१ ले पराजित भएको हो । पोल्याण्ड आत्मघाती गोलबाट ३७ औं मिनेटमा पछि परेको थियो ।

पोल्याण्डका थिएगो क्लोनेकले विपक्षिको प्रहार रोक्न खोज्दा आफ्नै पोष्टमा प्रहार गरे । ६० औं मिनेटमा सेनेगलका एम्बेयी नियङले अग्रता दोब्बर पारे ।

ग्रेजगोर्ज क्रोकीकले ८६औं मिनेटमा गोल गर्दै गोलअन्तर घटाएपनि त्यस पछि गोल थप्न नसक्दा पहिलो पटक पोल्याण्ड अफ्रिकन देशसँग पराजित भयो । पोल्याण्ड फिफा बरियताको आठौँ तथा सेनेगल २७ औँ स्थानमा छ ।

पोल्याण्ड सन् २००६ पछि विश्वकपमा फर्किएको हो । पोल्याण्डले पछिल्लो पटक समूह चरण पार गरेको सन् १९८६ को विश्वकपमा हो । सन् २००२ र २००६ को विश्वकपमा पोल्याण्ड समूह चरणबाटै घर फर्किएको थियो ।

सेनेगल यसअघि सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसबेला सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । त्यति मात्र होइन, टोली क्वार्टफाइनल सम्म पुगेको थियो । यपद्दी टोली गोल्डन गोल्डमा टर्कीसँग पराजित भएको थियो ।

त्यो टोलीका लागि सफल इतिहास थियो । १६ वर्षपनि लिभरपुलका साडियो माने त्यस्तै अर्को टोलीलाई नयाँ इतिहास लेख्न चाहन्छन् । यसपटक सेनेगलले पोल्यान्डको सामना गर्दै विश्व कपको सुरुवात गर्दैछ ।पोल्यान्ड त्यहि टोली हो जसको मुख्य खेलाडी रोर्बट लेवान्डोवस्की छन् ।

जसले विश्व कपको छनोट चरण १६ गोल गरेका थिए । पोल्याण्ड र सेनेगल रहेको समूह बीमा कोलम्बिया र जापान पनि छन् । यी दुईबीचको खेल नेपाली समय अनुसार राती ८ः४५ बजे सुरु भएको हो ।

विश्वकपका पछिल्ला संस्करणमा खासै प्राव जमाउन नसकेका पोल्याण्ड र सेनेगलमा आकर्षक खेलाडीको उपस्थिती रहेको छ । नकआउट चरण पुग्नका लागि सबै टोलीका लागि पहिलो खेल महत्वपूर्ण हुने गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com