चिनिया लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह : नेपालमा आएर ढुक्कसँग लगानी गर्नुहोस


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ ।
६ दिने भ्रमणको क्रममा चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा उपस्थित चिनिया लगानीकर्तालाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । नेपालमा स्थीर सरकार बनेसँगै लगानीको वातावरण बनेको भन्दै ओलीले ढुक्कसँग नेपालमा लगानी गर्न आउन निम्ता दिनुभयो ।
नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै उहाँले चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको समेत बताउनुभयो । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स ९बीआरआई० मा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताउनुभयो।

चिनियाँ भाषामा नै सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान केन्द्रित गनुभएको थियो। प्रधानमन्त्री ओलीले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुईपक्षीय सहकार्य अघि समेत बताउनुभयो।

उहाँले यातायातमार्फत जोडिन सके नेपाल चीन सम्बन्धले नयाँ आयाम लिने विश्वास व्यक्त गर्नुभयो । विकासको महत्वपुर्ण पुर्वधार यातायात मार्फत जोडिन सके आयात निर्यातसंगै देशको उत्पादकत्व बढ्ने, कम लागत, लगायत बहुआयामिक रुपमा दुबै मुलुकका लागि महत्वपुर्ण हुने पनि उहाँले बताउनुभयो । विश्वको दोस्रो ठुलो आर्थिक रुपमा शतिmशाली चीनसंग यातायात पहुच पुर्याउन सके आयात निर्यातका लागि पनि नेपाल विश्वको महत्वपुर्ण केन्द्र बन्ने दावी गर्नुभयो ।

 

 

कार्यक्रममा चीन भ्रमणमा आएका नेपाली टोली, चिनियाँ उच्च अधिकारी, नेपाललाई माया गर्ने र नेपालबारे चासो राख्ने चिनियाँहरु, व्यापारी तथा लगानीकर्ता, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीले ‘लुक वी’ नामक पत्रिकाको विमोचन समेत गर्दै बेइजिङस्थित नेपाली दूतावासको विच्याटको शुभारम्भ गर्नुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने चिनियाँ समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता गर्ने कार्यक्रम छ। यस अलावा उहाँले बेइजिङमा हुने विविध कार्यक्रममा सहभागिता रहने छ ।

ओलीको सम्बोधन अंग्रेजीमा भए पनि त्यसको चिनियाँ भाषामा उल्था समेत गरिएको थियो।

चीनीया प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मंगलबार चीन पुग्नुभएका प्रधानमन्त्री ओलीलाई चीनका विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com