अर्जेन्टिना र आइसल्याण्डबीचको ९० मिनेटको खेल ९० सेकेण्डमा (भिडियो)


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

धेरैले उत्साहका साथ हेरिरहेको आइसल्याण्ड र अर्जेन्टिनाबीचको खेल बराबरीमा टुंगिएको थियो । अर्जेन्टिनाले ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि आइसल्याण्डले अर्जेन्टिनालाई बराबरी एक एक गोलमा रोकेको हो ।

सन् १९३० देखि नै विश्वकप खेलेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ । १७ पटक विश्वकप खेलीरहेको अर्जेिन्टना सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेिन्टना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको थियो ।

२१ औ सस्करण सम्म आईपुग्दा विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्ड खेल सुरु हुनु नै केहि रेकर्ड बनाईसकेको छ । ३ लाख ३५ हजार जनसंख्या भएका आइसल्याण्डका अधिकांश नागरिकहरु अहिले मस्कोमा छन् । आइसल्याण्ड र अर्जेन्टिनाबीचको खेलको ९० मिनेटलाई ९० सेकेण्डको भिडियोमा देखाइएको छ । जुन अहिले अमेरिकामा युट्युबमा ट्रेण्डिङमा नम्बरमा वानमा रहेको छ । तपाई पनि हेर्नुहोस् त्यो भिडियो ।

फोटो : बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com