विश्वकप २०१८ : सर्बिया १-० गोलले विजयी


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

समूह ई अन्तरगतको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई हराएको छ । सर्बियाले कोष्टारिकालाई १-० अन्तरल गोलले हराएको हो ।

समारा रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सर्बियाका अलेकजेण्डर कोलारोभले ५६ औँ मिनेटमा गरेका गोल नै निणर्यक गोल बने ।

कोस्टारिका पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुगेको थियो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो ।

फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो । सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो ।

२००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाको खेल पनि सरप्राईज हुन सक्ने देखिएको छ । यी दुईको खेल नेपाली समय अनुसार पौने ६ बजे सामारा एरेनामा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com