ढाँटेर लिनेको अमेरिकी नागरिकता खोस्न छुट्टै अफिस खोलिने


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

आप्रवासी आवेदनको रेखदेख गर्ने अमेरिकी सरकारको एजेन्सीले गलत विवरण बुझाएर अमेरिकी नागरिकता लिनेको नागरिकता खोस्न छुट्टै कार्यालय नै खोल्ने तयारी गरेको छ । त्यस्तो कार्यालयले अमेरिकी सरकारलाई ढाँटेर नागरिकता लिनेहरुबारे विशेष छानविन र अनुसन्धान गर्ने जनाइएको छ ।

युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नाले एपीसँगको कुराकानीमा त्यस्तो कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिएका हुन् । त्यसका लागि युएससीआईएसले कैयन अध्यागमन अधिकारी र वकिलहरु नियुक्त गरिरहेको उनले बताएका छन् ।

खास गरी पहिले नै अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेकाहरु जसले आफ्नो नक्कली परिचय बनाएर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकतासम्म लिएका छन्, उनीहरुलाई लक्ष्यीत गरेर कार्यालयको स्थापना गर्न लागिएको हो । त्यस्ता घटनाहरुलाई डिपार्टमेन्ट अफ जस्टिस समक्ष पेश गरिनेछ र नागरिकता खोस्ने प्रकृयामा लगिनेछ । कतिपय केसमा सरकारी वकिलहरुले पनि त्यसरी नागरिकता लिनेहरुबिरुद्ध चार्ज लगाउन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com