अन्तिम चरणकाे प्रबुद्ध समूहको बैठक स्थगित, अहिलेसम्मका उपलब्धि गुम्ने अाशंका


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

यही जेठ २८ र २९ गते बस्ने भनिएकाे नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहकाे बैठक अन्तिम चरणमा अाएर सरेकाे छ । दुर्इ देशबीच विवादित विषयबारे समग्र पक्षको अध्ययन गरी भावी सम्बन्धको स्वरुप निर्धारण गर्न गठित समूहको बैठक भारतीय चाहनामै सारिएकाे बताइन्छ ।

समूहको निर्धारित अन्तिम का लागि नेपाली पक्षबाट अन्तिम तयारी भइरहेकाे थियाे । तर अचानक भारतीय पक्षको आग्रहमा उक्त बैठक अनिश्चित कालका लागि स्थगित गरिएको काठमाडौँस्थित समूहको सचिवालयले जानकारी दिएकाे छ।

दुवै देशका सरकारद्वारा गठित समूहकाे म्याद अाउँदाे असार २० मा समाप्त हुँदैछ । त्यस अघि नै समूहले सिफारिस दिन नसकेमा झण्डै २ वर्षको अभ्यास खेर जाने अवस्था समेत उत्पन्न हुनेछ । जेठ २८–२९ को बैठकले दुई पक्षका समूहबिच आदानप्रदान भएको मस्यौदालाई अन्तिम रुप दिनुपर्ने बेलामा अनिश्चत कालका लागि बैठक स्थगित हुँदा थप अाशंका र अन्याैल सृजना भएकाे समूहका एक सदस्यले बताए ।

नेपालकाे पछिल्लाे भ्रमणमा अाउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रबुद्ध समूहको प्रतिवेदन छिट्टै आउने र प्रतिवेदनले दुई पक्षीय सम्बन्धलाई थप उचाइ दिने बताएका थिए ।

सन् १९५० को शान्ति तथा मैत्री सन्धि दुई तर्फबाट नागरिकले एक अर्का मुलुकमा पाउने समान हैसियत, सम्पती आदिको स्थायित्व र भोग चलन, नेपालले आवश्यक परेका हतियारको खरिद आदि विषयहरुलाई थप सहज बनाउन नेपाल पक्षले विभिन्न व्यक्ति र विज्ञ समूहहरुसँग परामर्श गरी आफ्नो मस्यौदा तयार गरेको बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com