बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन रिहा


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् ।

आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमर्णपण गरेका थिए ।

उनी जिपीएस ट्रयाकर लगाउन र आफ्नो पासपोर्ट प्रहरीलाई दिन पनि तयार भएका छन् । ६६ वर्षका उनीमाथि महिला कलाकारले बलात्कार गरेको आरोप लगाएका थिए । धरौटीमा रिहा भएपछि न्यूयोर्क प्रहरीले उनीमाथि बलात्कार मुद्दामा कारवाही अघि बढाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com