अहिलेसम्म ५५ हजार नेपालीले पारे डिभी लोटरी, यसरी हेरौं यसबर्षको नतिजा


प्रकाशित मिति : जेष्ठ १, २०७५ मंगलबार

आर्थिक बर्ष सन् २०१९ का लागि भरिएको अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । लाखौंको संख्यामा नेपालीहरुले डिभी लोटरी भरेकाले डिभी भर्नेहरु आफूलाई परे नपरेको चेक गर्नमा व्यस्त छन् । यो बर्ष कति नेपालीहरुलाई डिभी लोटरी पर्यो भन्ने विवरण केहीदिनमा सार्वजनिक हुनेछ । तर खसोखासले अहिलेसम्म डिभी लोटरी परेका नेपालीहरुको विवरण भने विभिन्न आधिकारिक श्रोतहरुबाट प्राप्त गरेको छ ।

अमेरिकाको सरकारी श्रोत अनुशार डिभी लोटरी कार्यक्रम सुरु भएदेखि अहिलेसम्म झण्डै ५५ हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ भने यो सन् २०१९ का लागि डिभी परेका नेपालीहरुको संख्या जोड्दा डिभी परेका नेपालीहरुको संख्या अझ धेरै हुन आउँछ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २००२ देखि सन् २०१८ सम्मको डिभी लोटरी कार्यक्रम अन्तरगत डिभी लोटरी पार्ने नेपालीहरुको संख्या ५१ हजार ६ सय ९ रहेको छ ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए भने चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए । त्यस्तै आर्थिक बर्ष २०१८ का लागि ४ हजार ९७ जना नेपालीहरुलाई डिभी परेको छ ।

अहिलेसम्म झण्डै ५५ हजार नेपालीहरुलाई डिभी लोटरी परेपनि सबै नेपालीहरु अमेरिका आउन योग्य भने भएनन् । उनीहरुमध्ये केहीले भने अमेरिकाको भिसा पाउन सकेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com