आधा दर्जन विशेषतासहित खसोखासको ‘ब्राण्ड न्यू’ अनलाइन पोर्टल


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

खसोखास साप्ताहिकले आधादर्जन नयाँ विशेषतासहित आफ्नो अनलाइन पोर्टल नयाँ स्वरुपमा ल्याएको छ । सन् २०१२ को जनवरीदेखि न्युयोर्कबाट प्रकाशित हुँदै आइरहेको खसोखास साप्ताहिकको अनलाइन पोर्टल सुरुदेखि नै संचालनमा रहेपनि अहिले भने नयाँ विशेषतासहित ल्याइएको हो ।

यो अनलाइन पोर्टलको पहिलो र मुख्य विशेषता भनेको यसमा विश्वासप्राप्त योगदानकर्ताहरुले नयाँ एकाउन्ट बनाएर सामाग्रीहरु उनीहरुले नै चाहेको स्वरुपमा सिधै प्रकाशन गर्न पाउँछन् । तर त्यस्ता सामाग्रीहरु सम्पादक मण्डलले रिभ्यु गरिसकेपछिमात्र लाइभ हुन्छन् । नियमित योगदान गर्न चाहने योगदानकर्ताले खसोखासलाई अनुरोध गरेपछि युनिक युजर आईडी र पासवर्ड पाउँछन् । त्यसैबाट उनीहरुले सामाग्रीहरु पोष्ट गर्न पाउँछन् । ती सामाग्रीहरु लाइभ भइसकेपछि खसोखास साप्ताहिकले प्रचारप्रसार गर्छ ।

यो अनलाइन पोर्टलको दोश्रो विशेषता यसका टिमसदस्य र विश्वासिला प्रयोगकर्ताहरुले मोबाइल एप्समार्फत आफ्ना सामाग्रीहरु तात्तातै अनलाइनमा पोष्ट गर्न पाउँछन् । आकर्षित गर्ने कुनै तस्विर, सामाग्री वा भिडियो तत्काल खिचेर एप्समार्फत एकाउन्ट लगइन गरी पोष्ट गर्न सक्छन् । ती सामाग्रीहरु पनि लाइभ हुन भने सम्पादकमण्डलको रिभ्यु आवश्यक पर्छ । त्यस्ता सामाग्रीहरु लाइभ भइसकेपछि खसोखास साप्ताहिकले प्रचारप्रसार गर्छ ।

यो अनलाइन पोर्टलको तेश्रो विशेषता यसले अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुलाई उनीहरुको रुची र आग्रह अनुशार युनिक पासवर्ड र युजर आईडी प्रदान गर्दैछ । उनीहरुले लगइन गरेर आफ्ना तस्विर, गतिविधि वा समाचारहरु अनलाइनमा सिधा पोष्ट गर्न पाउँछन् । यो फेसबुकमा स्टेटस वा तस्विर राख्नुभन्दा पनि सजिलो छ । ती सामाग्रीहरु पनि लाइभ हुन भने सम्पादकमण्डलको रिभ्यु आवश्यक पर्छ । त्यस्ता सामाग्रीहरु लाइभ भइसकेपछि खसोखास साप्ताहिकले प्रचारप्रसार गर्छ । ती मध्येका उपयुक्त सामाग्रीहरु प्रिन्ट भर्सनमा पनि उपलब्ध हुनेछन् ।

यो अनलाइन पोर्टलको चौथो विशेषता यो मोबाइल फ्रेण्डली रहेको छ । पोर्टलमा प्रकाशित सामाग्रीहरु मोबाइलमार्फत सजिलै पढ्न सकिन्छ । त्यसबारे प्रतिकृया जनाउन र सामाजिक सञ्जालमा शेयर गर्न पनि उत्तिकै सजिलो रहेको छ । यस अगाडि खसोखासको अनलाइन पोर्टल मोबाइल फ्रेण्डली नभएको गुनासो प्रयोगकर्ताहरुबाट आउने गरेको थियो ।

यो अनलाइन पोर्टलको पाँचौं विशेषता सहज नेभिगेशन हो । आफूले चाहेको र खोजेको सामाग्री प्रयोगकर्ताले सहजै फेला पार्न सक्छन् । आफूलाई रुची भएको सामाग्री भेट्टाउन प्रयोगकर्ताहरुलाई पहिलोजस्तो मुस्किल हुनेछैन ।

यो अनलाइन पोर्टलको छैठौं विशेषता यसमा केही नयाँ र रोचक स्तम्भहरु थपिएका छन् । खसोखास एक्सक्लुसिभमा पाठकहरुले नयाँ र एक्सक्लुसिभ समाचारहरु पढ्न पाउनेछन् । हाम्रो नेपाल राम्रो नेपाल स्तम्भमा पाठकहरुले नेपालका बारेमा राम्रा कुराहरु पढ्न र सुन्दर तस्विरहरु हेर्न पाउनेछन् । नेपालबाहिरको नेपालमा नेपालभन्दा बाहिर रहेका नेपालीहरुको समाचार प्रकाशित गरिन्छ भने ग्लोबल भिलेजमा संसारमा भएका गतिविधिहरु समेटिन्छ ।

इमिग्रेशन अपडेटमा अमेरिकी अध्यागमनबारे समाचारहरु पढ्न सकिन्छ । त्यस्तै कर्पोरेटमा व्यवसायका समाचार पढ्न सकिनेछ । नसुनिएका आवाज स्तम्भमा तेश्रो लिंगी, दलित वा यस्तै सिमान्तकृत गरिएकाहरुका आवाजहरु समेटिनेछ । स्वास्थ्य नै धन स्तम्भमा स्वास्थ्य सम्बन्धि सामाग्रीहरु पढ्न पाइन्छ भने अन्य संचारमाध्यमका महत्वपूर्ण समाचार यताउताबाट स्तम्भमा समेटिनेछ । फोटोको पावर स्तम्भमा फोटो फिचर र फोटो कथाहरु प्रकाशित हुनेछन् भने खसोखास भिडियो पनि अनलाइनमा हेर्न सकिनेछ । यो बाहेक अन्य रोचक स्तम्भहरु पनि अनलाइनमा थपिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com