चर्चित मोडल दिक्पाल कार्कीको कोरियोग्राफीमा मिस्टर नेपाल २०१८, आवेदन खुल्ला


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

मिस्टर नेपाल २०१८ अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका नेपालका चर्चित मोडल दिक्पाल कार्कीको कोरियोग्राफीमा हुने भएको छ । त्यसका लागि आवेदन समेत खुल्ला गरिसकिएको छ । १८ बर्षदेखि २८ बर्ष सम्मका युवाहरुले प्रतियोगितामा भागलिन पाउने छन् भने विजेताले ‘मिस्टर वल्र्ड’मा सहभागीता जनाउन पाउने छन् ।

मिस्टर नेपाल २०१८ का कोरियोग्राफर दिक्पाल थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं स्थानमा आएका थिए भने फिलिपिन्समा भएको मिस्टर ग्रयाण्ड इन्टरनेशनलमा पब्लिक च्वाइस अवार्ड र सोसल मिडिया स्टार बन्न सफल भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए ।

मिस्टर नेपाल २०१८ को आयोजक एक्सपोज नेपालले अबदेखि अन्तराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिष्टर नेपालको मञ्चबाट नयाँ ‘मिष्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगी समेत छानिने जानकारी दिएको छ । जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागीता जनाउने छन्, भने अन्यले अन्तराष्ट्रिय प्रतियोगीता क्रमश ‘मिस्टर युनिभर्सन एम्वेस्टर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेशनल युनिभर्स’मा सहभागीता जनाउने छन् ।

काठमाडौ, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगीताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रम रहेको छ ।

यस बर्षको मिष्टर नेपाल बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै सुजुकीले भर्खर बजारमा ल्याएको नयाँ बाइक ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com