सेप्टेम्बर २४ मा न्युयोर्कमा नेपथ्य लाइभ


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

नेपालीको चर्चित ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्कमा लाइभ कन्सर्ट गर्ने भएको छ । पहिलो पटक प्रस्तुति गर्ने भएको छ । लाइभ इन कन्सर्ट फर पिसको नारासहित सेप्टेम्बर २४ मा न्युयोर्कमा लाइभ शो हुन लागेको हो । न्युयोर्कको म्यानहटनमा रहेको म्यानहटन सेन्टर हम्मेरस्टेन बलरुपमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमको आयोजना बल्र्ड फेशन परेडले गरेको हो ।

छेक्यो छेक्यो देउराली डाँडा, सा कर्णाली, जोमसोम बजारमा, भेंडाको उनजस्तो, उडायो रेलैले, हिमाल चुचुरे, रेशम, तालको पानी जस्ता गितका कारण चर्चित नेपथ्य ब्याण्डको शो न्युयोर्क बाहेक अन्य राज्यमा पनि गरिएको छ ।

नेपथ्यको कन्सर्ट गतबर्ष पनि न्युयोर्कमा भएको थियो । यसबर्षपनि कन्सर्ट हुन लागेकोमा नेपथ्य ब्याण्डका फ्यानहरु उत्साहित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com