महाअभियोगसहितका मुद्धाहरुमा मिलेर जान प्रमुख तीन दल सहमत


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।तीन दलका शीर्ष नेताहरु महाअभियोगसहितका प्रमुख मुद्धाहरुमा मिलेर जान सहमत भएका छन् ।

प्रधानमन्त्रीको आव्हानमा बुधबार बेलुका बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

बैठकमा व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव, निर्वाचन, संविधान संशोधन, संविधान संशोधन लगायतका विषयमा छलफल भएको थियो । लोकमान सिंह कार्कीको महाअभियोग प्रस्तावले पुनः एमाले अध्यक्ष ओली र प्रचण्ड नजिक भएको बजार हल्ला छ ।

बैठकमा शीर्ष नेताहरुबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोग लगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com