यसपाली भाइटीकाको साइत ११ बजेर ५२मिनेटमा


प्रकाशित मिति : कार्तिक ९, २०७३ मंगलबार

यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेटमा  जुृरेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयाे ।   “यसवर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उहाँले भन्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे बैठक साेमबार बसेकाे हाे ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com