साहित्यकार वाग्लेको अध्यक्षतामा अनेसास नर्दन क्यालिफोर्निया


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरको दोस्रो नियमित वैठकले कार्य समितिलाई पूर्णता दिएको छ । २००४ देखि साहित्यकार ध्रुव थापाको अध्यक्षतामा निरन्तर हालसम्म चलिआएको उत्तरी क्यालिफोर्नियाको यो कार्य समिति दोस्रो कार्य समिति रहनेछ ।

२००४ मा साहित्यकार ध्रुव थापाको अध्यक्षतामा गठित अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरले बिगतमा थुप्रै साहित्यिक कार्यक्रमहरुको आयोजना गरि सकेको छ । नवगठीत अन्तराष्ट्रिय साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरले पनि समय समयमा साहित्यिक कार्यक्रमहरु गर्ने नया कार्यसमितिले जनाएको छ ।

सोहि क्रममा हालै २०७३ सालमा मनाउने भनिएको लक्ष्मी जयन्ती मनाउन सेक्रामेन्टो एरियाका क्षेत्रीय संयोजक प्रमोद अमात्य तथा सल्लाहकार बासु ढकाललाई जिम्मा दिईएको छ । चाँडै साहित्य समाजले यसको मिति र स्थान घोषणा गर्ने जानकारी दिएको छ । लक्ष्मी जयन्तीका लागि लक्ष्मी प्रसाद देवकोटाका वारेमा लेखीएको गीत,गजल,कमिता तथा निवन्ध पनि ल्याउन अनुरोध गरिएको छ ।

नयाँ कार्यसमितिको अध्यक्ष सर्बज्ञ वाग्ले, बरिष्ठ उपाध्यक्ष विष्णु गुरूङ, क्षेत्रीय उपाध्यक्षहरु वावु आचार्य, प्रमोद अमात्य, भगिरथ दाहाल, गीता वजगाई रहनुभएको छ । त्यस्तै महासचिव पवन पौडेल, सचिव दिक्षा वस्नेत, कोषाध्यक्ष घनश्याम न्यौपाने र सदस्यहरुमा डा.विनोद न्यौपाने, वन्धु पोखरेल , रामवावु लुइटेल, स्वस्तिका तिमल्सिना , मुरारी भट्टराई , मिलन श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरि उत्तरी क्यालिफोर्नियाका अनेसासका संपादन मण्डलमा प्रधान सम्पादक निर्मल कुमार फुयाँल, सम्पादकहरु रितादेवी प्रधान, तोया दाहाल र सुशान्त गैडा रहनुभएको छ । अनेसास उत्तरी क्यालिफोर्नियाका संस्थापक अध्यक्ष ध्रुव थापालाई यस समितिको संरक्षकको रूपमा सर्व सम्मतवाट चयन गरिएको छ ।

सुरु देखिनै अनेसासलाई सहयोग गर्दै आउनु भएका तथा साहित्यको फाँटमा अग्रज रहनु भएका देहायका वासु ढकाल, हरिहर दाहाल, डा टीका लम्साल, शुरेश भट्ट, मणि दाहाल, अनिल पाण्डे , मदन दीप विम, मणी नेपाली पनेरू, निरन्जन वाग्ले, ईश्वर सापकोटा र उत्तम कार्कीलाई सल्लाहकार चयन गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com