धनुषाबाट झण्डै १० किलो चाँदीसहित दुई जना पक्राउ


प्रकाशित मिति : बैशाख ७, २०७५ शुक्रबार

वैैशाख ७, जनकपुरधाम । धनुषाबाट झण्डै १० किलो चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका( २४ स्थित सोनापाराबाट मोटरसाइकलमा बिन्धीतर्फ जाँदै गरेको अवस्थामा दुई जनाबाट नौ किलो ८०० ग्राम चाँदी पक्राउ परेको हो। पक्राउ पर्नेमा सर्लाही संग्रामपुर नगरपालिका( ६ बस्ने ३० वर्षीय सन्देश मण्डल र शहीदनगर नगरपालिका( ६ बस्ने २१ वर्षीय रंजित मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ज८प ९९६० नम्बरको मोटरसाइकलसहित पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि जनकपुर भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com