११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

संसद् बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ। समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालका सांसदहरु छन्। कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, दीपक कुइँकेल, फरमुल्लाह मन्सुर र कुमारी लक्ष्मी राई छन्। एमालेबाट केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन्।

माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी छन् भने राप्रपा नेपालबाट दीलनाथ गिरी सदस्य रहेको सभामुख ओनसरी घर्तीमगरले जानकारी गराइन्। कार्यव्यवस्था परामर्स समिति बैठकले समिति सिफारिसको कार्यसूची तय गरेको उनले जानकारी गराइन्।

सभामुख घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेपछि बैठकबाट सर्वसम्मतले स्वीकृत भयो। नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै म‌ंगलबारको संसद् बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेको भोलिपल्ट समिति गठन गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com