दारुपानी, भोजभतेर हैन, शुभकामना र चियापान : कार्यक्रम अक्टोबर २३ मा न्युयोर्कमा


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

 

चाडपर्वहरुको मौसममा अमेरिकामा विभिन्न संघ संस्थाहरुको शुभकामना कार्यक्रम आयोजना गर्दै आएका छन् । प्राय त्यस्ता शुभकामना कार्यक्रममा बेलुकामा राखिएमा दारुपानी र भोजभतेर चल्ने गर्छ । दिउसोको कार्यक्रम भएपनि भोजभतेर त अवश्य गरिन्छ ।

चाडबाडका शुभकामना आदानप्रदान गर्ने कार्यक्रमलाई तडकभडकपूर्ण तरिकाले मनाउने प्रचलनलाई तोड्दै प्रवासी नेपाली मञ्च अमेरिकाले भने हरेक बर्ष सामान्य चियापानका साथ चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । टी पार्टीका नाममा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रम अत्यन्तै सरल तरिकाले गरिदै आएको छ ।

यसबर्ष दशैं, तिहार, छठ, ल्होसार र नेपाल सम्बत ११३७ को अवशरमा प्रवासी नेपाली मञ्च अमेरिकाले आगामी अक्टोबर २३ मा न्युयोर्कको सन्नीसाइडमा टी पार्टी रिसेप्सन गर्न लागेको छ । दिउसो २ बजेदेखि ४ बजेसम्म सन्नीसाइडमा रहेको मालिंगो रेष्टुरेण्टमा हुने कार्यक्रममा न्युयोर्क र न्युयोर्क आसपासमा रहेका नेपालीहरुबीच शुभकामना आदानप्रदान गरिने जनाइएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनका लागि प्रवासी नेपाली मञ्चले सबैलाई अनुरोध गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com