राष्ट्रसंघ गोष्ठीमा डाक्टर बिष्णुमायालाई अम्बेडकर अवार्ड


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

संयुक्त राष्ट्रसंघ गोष्ठीमा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियारलाई डाक्टर अम्बेडकर अवार्ड प्रदान गरिएको छ । अवार्ड विश्वका ९ जना सामाजिक अभियन्ताहरुलाई प्रदान गरिएको हो । न्युयोर्कमा गरिएको कार्यक्रममा उहाँहरुलाई अवार्ड प्रदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ इकोनोमिक एण्ड सोसल अफेयर्ससँगको सहकार्यमा फाउण्डेशन अफ ह्युमन होराइजन अमेरिकाले कार्यक्रमको आयोजना गरेको हो । डाक्टर भीम राव अम्बेडकरको १ सय २७ औं बार्षिकोत्सवको अवशरमा कार्यक्रम गरिएको हो ।

न्युजर्सी मेयरकी सल्लाहकार समेत रहनुभएकी बिष्णुमाया परियार महिला, दलित र बालबालिकाको शशक्तिकरण र शिक्षाको क्षेत्रमा सकृय रहदै आउनुभएको छ । साथै महिला र घरेलु हिंशाबिरुद्ध समेत डाक्टर परियारको सकृयता रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com