फलाम पिटेरै लखपति!


प्रकाशित मिति : चैत्र २९, २०७४ बिहीबार

लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’

कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्रीमती र ४ लालाबालासहित बेसीसहर आएका उने अहिले बेसीसहरमै घर घडेरी जोडेका छन् । आरनबाटै भएको आम्दानीले दुईवटा ट्याक्टर किनेर अर्काे व्यवसाय थपेका पनि छन् ।

आरन व्यवसाय गर्नेलाई गाउँघरमा जातीय विभेद र छुवाछुतको व्यवहार गर्ने प्रवृत्ति अहिले पनि कायमै छ ।
फलामका हँसिया, खुर्पा, बञ्चरो, कुटो, कोदालो, खुँडा, खुकुरी, फाली, करुवा जस्ता घरेलु र कृषि औजार बनाउने र तिनै औजार अर्चाप्ने कामबाट उनले मनग्गे आम्दानी गरेका छन् । विशेषगरी दलित समुदायका विश्वकर्माले गर्दै आएको पुख्र्यौली पेसा आरनको काम अहिले जिल्लाको अधिकांश गाउँबाट हराइसकेको छ । यो खबर नागरिक दैनिकमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com