मिस नेपाल २०१८ को ताज श्रृङ्खला खतिवडालाई


प्रकाशित मिति : चैत्र २८, २०७४ बुधबार

श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् ।

उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । बुधबार अबेर सम्पन्न प्रतियोगितामा मनिता देवकोटा ‘मिस नेपाल यूनिभर्स’ भइन् । उनी ‘मिस यूनिभर्स’मा सहभागी हुनेछिन् । ‘मिस नेपाल अर्थ’ विजेता प्रिया सिग्देलले बनिन् ।

उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस अर्थ’मा सहभागी हुनेछिन् । यस वर्षको ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पारेकी छन् । रोनाली ‘मिस इन्टरनेशनल’मा सहभागी हुनेछिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए । प्रतियोगिता द हिडेन ट्रेजरले आयोजना गरेको हो ।

नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com