क्विन्स नेप्लिज लायन्स क्लवमा नयाँ कार्यसमिति


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

न्यूयोर्कमा रहेका नेपालीको सक्रियतामा गठित क्विन्स नेप्लिज लायन्स क्लवको आइतबार सम्पन्न भेलाले लायन पुरषोत्तम पन्थिको अध्यक्षतामा आगामि कार्यकालको लागी १९ सदस्यिय बोर्ड गठन गरेको छ ।

विभिन्न पेशा व्यवसायमा सम्लग्न नेपालीहरुको वाहुल्य रहेको सो क्लवले नेपालमा संचालित विभिन्न लायन परियोजनाहरुलाइ सहयोग गर्ने निर्णय पनि गरेको छ । संस्थाका बर्तमान अध्यक्ष तथा लायन इन्टरनेशनलको संगठन विस्तार सम्बन्धी विशेष निर्देशक मंगलदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले प्रथम उपाध्यक्ष भिम पन्त र द्धितिय उपाध्यक्षमा बाबुराम गुरुगंलाइ चयन गरेको छ । यसैगरि तृतिय उपाध्यक्ष मिलन शाहि, सचिव रुपा भण्डारी र कोषाध्यक्ष बिमला गुरुगं रहेका छन् भने मेम्बरसिप चियरपर्सन अच्युत सिग्देल, एलसिआइएफ कोअर्डिनेटर हरि पोख्रेल, क्लव सर्भिस चियरपर्सन निमा शेर्पा र मिडिया कोअर्डिनेटर किरण मरहट्ठा चयन भएका छन् । बैठकले मनोज देवकोटालाइ टेमर र सुनिता श्रेष्ठलाइ तेलट्टिष्टरको जिम्मेवारि दिएको छ । ज्याक्सन हाइटस्मा सम्पन्न भेलाले डाइरेक्टरहरुमा इन्द्र तमागं, भक्त तमागं,खिम विक्रम भट्टराइ, रबिनराज बज्राचार्य र बिष्णु रानामगरलाइ चयन गरेको छ ।


लायन मंगलदास श्रेष्ठको पहलमा गतबर्ष क्विन्स नेप्लिज लायन्स क्लवको स्थापना गरिएको थियो । लायन अभियानमा १९९६ देखि सक्रिय श्रेष्ठ लायन्स क्लव अफ काठमाण्डौ गोकर्णस्वरको चार्टर प्रेसिडेन्ट थिए । उनले नेपाल र अमेरिकामा लायन्स क्लवको संगठन विस्तारमा खेलेको महत्वपुर्ण भूमिकाको कदर गर्दै लायन्स क्लव इन्टरनेशनलले संगठन विस्तार सम्बन्धी निर्देशकको जिम्मेवारि दिएको छ । “विदेशमा रहेर पनि नेपालको सेवा गर्न लायन्स क्लव जस्तो अन्तराष्ट्रिय समाजिक संस्थासंगको आवद्धता ज्यादै उपयोगी हुन्छ ” अध्यक्ष श्रेष्ठले भने । लायन्स इन्टरनेशनलले आफ्ना विभिन्न शाखासंगको साझेदारिमा नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै परियोजनाहरु संचालन गरिरहेको छ । श्रेष्ठले क्विन्स नेप्लिज लायन्स क्लवले निकट भविश्यमै नेपालमा स्वास्थ्य सम्बन्धी एक परियोजना शुरुवात गर्न  र न्यूयोर्कका अन्य लान्यन्स क्लबसग मिलेर यहाँका नेपालीको लागि फरक र उपयोगी काम गर्ने तयारी गरिरहेको  जानकारि पनि दिए । सन् १९१७ मा शिकागोका व्यापारि माल्भिन जोन्सले स्थापना गरेको लायन्स क्लव संसारकै सबैभन्दा ठुलो गैरनाफामुलक समाजिक संस्था हो जसको संसारभर १४ लाख सदस्य रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com