एनआरएन क्यानडाको ९ औ साधारणसभा अगस्त ६ मा मोन्टरियलमा


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

एनआरएन क्यानडाको नवौं बार्षिक साधारणसभा अगस्त ६ तारिख शनिबार क्यानडाको क्युबेक प्रान्तको मोन्टरियलमा हुने भएको छ । साधारणसभामा सहभागिताका लागि क्यानडा निवासी सम्पूर्ण नेपाली संघ संस्थाका प्रतिनिधीहरु, एनआरएनका सदस्यहरु लगायhत सबै नेपालीहरुलाई आयोजकले अनुरोध गरेका छन् ।
नेपालबाट बसाइ सरेर सात समुन्द्र पारी क्यानडामा आएपनि जन्मभूमी, समाज, संस्कृति, सामाजिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै समाजका कमजोरी सुधारको दिशामा सबै क्यानडाबासी नेपालीहरु एकजुट हुनुपर्ने भन्दै क्यानडा निवासी सामाजिक व्यक्तित्व एवं एनआरएन क्यानडाका रिजनल कमिटि अफिसर लायन मित्र काफ्लेले सबैलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्नुभएको छ ।
आगामी दिनमा एनआरएन क्यानडालाई सक्षम, कुशल र गतिशिल नेतृत्व निर्माण गर्नका लागि सबै अग्रशर हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिताका लागि मित्र काफ्लेलाई ४१६ ८२३ २६५६, तुलसी सापकोटालाई ६४७ ८५८ ४३७९, सुमन लम्सासलाई ६४७ ७६१ ६१२४, डाक्टर किस्मत भण्डारीलाई ६४७ ३३८ ५९८९, सूर्य भट्टराईलाई ६४७ ७२० ४७३१, माधव गजुरेललाई ६४७ ४६७ १४४६ र दीपक श्रेष्ठलाई ५१४ ९९४ ७५१२ मा सम्पर्क गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com