डेलिभर नभएका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनमा नष्ट गरिने


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

अबदेखि अमेरिकी सरकारको युएससीआईएसले हुलाकमार्फत सम्बन्धित व्यक्तिलाई डेलिभर हुन नसकेका ग्रिनकार्ड, वर्कपरमिट र ट्राभल डकुमेन्ट ६० दिनभित्र नष्ट गर्ने भएको छ । यो नियम अप्रिल २ देखि लागु भइसकेको छ ।

ठेगाना नमिलेर वा अन्य कारणले सम्बन्धित व्यक्ति समक्ष डेलिभर हुन नसकेर हुलाकले कागजातहरु फिर्ता गरेको ६० बिजनेश नाघेमा त्यस्ता कागजातहरु युएससीआईएसले नष्ट गर्ने भएको छ । त्यसैले ठेगाना नमिलेको खण्डमा सच्याउन र परिवर्तन भएमा १० दिनभित्र अपडेट गर्न युएससीआईएसले सेवाग्राहीहरुलाई अनुरोध गरेको छ ।

यदि आफू बसेको ठेगाना परिवर्तन भएमा युएससीआईएसको आधिकारिक वेवसाइट मार्फत परिवर्तन गर्न सकिन्छ । त्यसका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ । अनलाइन मार्फत फाइल गर्न नचाहनेले एआर ११ नामको फर्म भरेर पनि पठाउन सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com