देशनिकाला तीब्र पार्न एसाइलम केसको सुनुवाई पनि तीब्र पारिने (मेमोसहित)


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

ट्रम्प प्रशासनले अध्यागमन न्यायाधिसमाथि एसाइलमका केसको सुनुवाई तीब्र पार्न दबाब दिएको छ । डिपार्टमेन्ट अफ जस्टिसले शुक्रबार अध्यागमन न्यायाधिसहरुका नाममा मेमो जारी गर्दै कुन न्यायाधिसले कति छिटो केस सकाउन सक्छन् भन्नेबारे मूल्यांकन गरिने जनाएको छ । देशनिकाला तीब्र पार्ने र ब्याकलग कम गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।

नयाँ मेमो अनुशार अध्यागमन न्यायाधिसहरुलाई एसाइलमका केसहरु सकाउन कोटा समेत दिइएको छ, जस अन्तरगत हरेक न्यायाधिसले दिनमा कम्तीमा ३ वटा केसबारे निर्णय गर्नुपर्ने भएको छ । अक्टोबर १ देखि लागु हुने गरी अब अध्यागमन न्यायाधिसले हरेक बर्ष कम्तीमा ७ सय वटा मुद्दामा फैसला गर्नुपर्ने भएको छ । ५६० भन्दा कम मुद्दामा फैसला गर्ने न्यायाधिसलाई असन्तोषजनकको दर्जामा राखिने भएको छ भने उनीहरुलाई जागिरबाट हटाउन समेत सकिनेछ ।

अध्यागमन अदालतमा झण्डै ६ लाख ९० हजार केसहरु रहेका छन् । नयाँ कोटा सिस्टमले केसहरुको ब्याकलग कम गर्ने ट्रम्प प्रशासनको विश्वास रहेको छ । चाडपर्वको विदा, सप्ताहन्त र व्यक्तिगत विदाबाहेक हरेक न्यायाधिसले बर्षमा झण्डै २४५ दिन काम गर्नेछन् । त्यो अवधिमा उनीहरुले झण्डै ७ सय मुद्दामा फैसला गर्नुपर्ने भएको छ ।

शुक्रबार पठाइएको मेमोमा एउटा मुद्दाका लागि कति समय दिने लगायतका विधिहरु समेत पठाइएको छ । मुद्दाको प्रकृयाका सन्दर्भमा मेमोमार्फत मार्गनिर्देशन गरिएको छ ।

मेमो हेर्न यहाँ क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com