बेखुसी ट्रम्पले गरे १ दशमलव ३ ट्रिलियनको खर्च विधयेकमा हस्ताक्षर


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ दशमलव ३ ट्रिलियनको खर्च विधयेकमा हस्ताक्षर गरेका छन् । संसदले पारित गरेको विधयेकमा शुक्रबार ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

भिटोको धम्की र रस्साकस्सीपछि ट्रम्पले खर्च विधयेकमा हस्ताक्षर गरेका हुन् । तर उनले यस्तो बिधयेकमा हस्ताक्षर गर्नुपरेकोका आफू निराश भएको बताएका छन् ।

उनले फेरी यस्तो प्रकारको विधयेकमा हस्ताक्षर नगर्ने संसदलाई चेतावनी समेत दिएका छन् । यो खर्च विधयेक आगामी सेप्टेम्बर ३० सम्मका लागि रहेको छ । त्यसपछि नयाँ बजेट पारित गर्नुपर्नेछ ।

ट्रम्पले शुक्रबार खर्च विधयेकमा हस्ताक्षर गरेपछि सम्भावित सरकार सटडाउनको सम्भावना भने टरेको छ । अध्यागमनको एजेण्डासहित खर्च विधयेकका लागि भइरहेको लबिंगपनि तत्कालका लागि अन्त्य भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com