प्रमोद खरेलको नयाँ गीतको भिडियो, आधुनिक गितमा सुमितको डेब्यु


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

चर्चित गायक प्रमोद खरेलको स्वरमा धोकेबाज बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल सुमित थापाले अभिनय गरेका छन् । आधुनिक गीतमा थापाको यो पहिलो अभिनय हो । यसअगाडि उनी लोकगीतको म्युजिक भिडियोमा देखिएका थिए ।

कुलेखानीमा छायांकन गरिएको भिडियोमा त्यसक्षेत्रको आकर्षक दृश्य समेत देख्न सकिन्छ । भिडियोमा सुमित थापालाई मोडल सपना सिंह ठकुरीले साथ दिएकी छिन् । खेम सारु मगरको संगीत र शब्द रहेको गीतमा लांघाली म्युजिक प्रालीले बजारमा ल्याएको हो । गोरखा डिजिटल म्युजिकले उत्पादन गरेको उक्त भिडियोको छायांकन सुरज खनालले गरेका हुन् ।

भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने सम्पादन दिपक बिष्टले गरेका हुन् । प्रमोद खरेलको स्वरमा रहेको गीतबाट आधुनिक गीतको भिडियोमा डेब्यु गर्न पाएकोमा आफू उत्साहित भएको मोडल सुमित थापाले बताएका छन् । उनले आधुनिक गीतको भिडियोमा आफ्नो पहिलो अभिनय भएकाले दर्शकको माया पाएमा आगामी दिनमा अझ राम्रो गर्दै जाने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com