सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै, ६ महिनामा तीन सय ३० जनामा कुपोषण


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

फागुन २९, सुर्खेत । सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा यो वर्षमा ३ सय ३० जना बालबालिका कपोषणमा परेका छन् । चालु आर्थिक वर्ष २०७४र२०७५ को साउनदेखि पुससम्म तीन सय ३० जना नयाँ बालबालिका कुपोषण भएका बालबालिका भेटिएको स्वास्थ्य शिक्षा अधिकृत वसन्त श्रेष्ठले जानकारी दिनु भयो ।

त्यस मध्ये ३८ बालबालिका अति जोखिममा छन् । कार्यालयले आयोजना गरेको स्वास्थ्यसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा श्रेष्ठले सबैभन्दा बढी दलित समुदायका बालबालिका कुपोषणमा रहेको जानकारी दिनुभयो । उहाँले २ सय बालबालिका दलित समुदायको रहेको जानकारी दिनुभयो ।  कुपोषणमा परेका सबै बालबालिका २३ महिना भन्दा मुनिका छन् ।

पछिल्लो समय जिल्लामा कुपोषण बालबालिकाको संख्या बढेको उहाँले  बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७३र२०७४ मा १ सय ७५ मात्र कुपोषित बालबालिका थिए । यस तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा कुपोषित बालबालिकाको संख्या धेरै हो ।  जिल्लामा बालबालिकाहरुलाई बचाउनका लागि विभिन्न कार्यक्रम जनचेतना कार्यक्रम, सहयोगका कार्यक्रमहरु गरिएको छ । जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम, कृषि तथा खाद्यय सुरक्षा कार्यक्रम संचालन भएको श्रेष्ठले जानकारी दिनु भयो ।

‘प्रत्येक टोलटोलमा महिला स्वास्थ्य स्वंयसेविले आमा समूहबाट कुपोषणसम्बन्धी शिक्षा दिने गर्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकाहरुमा कुपोषणको समस्या भइरहको छ ।’ उहाँले कुपोषण पत्ता लागेका बालबालिकाहरुलाई क्षेत्रीय अस्पताल कालागाउँमा उपचारका लागि रिफर गरिएको बताउनुभयो । जिल्लामा रहेका क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थाहरुमा कुपोषण भए नभएको चेकजाँच गरिने गरेको जानकारी दिनुभयो  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com