दसैंको टीकाको उत्तम साइत पौने ९ बजे (भिडियो सहित)


प्रकाशित मिति : आश्विन २२, २०७३ शनिबार

 

यस वर्षको दसैंको टिकाको उत्तम साइत असौज २५ गते मंगलबार बिहान पौने नौ बजे रहेको छ । पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो ।
आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।

विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको छ ।

हेर्नुहोस् दशैंको साइत, महत्व र टिका लगाउने बिधिबारे एबीसी टेलिभिजनको विशेष रिपोर्ट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com