अस्थायी मुकाम तोक्दा आफ्नै मापदण्ड मिचियो


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

माघ ६, प्रदेशहरुको अस्थायी मुकामको विवादमा कतिपय राजनीतिक दलका नेताहरु खुलेरै पक्ष, विपक्षमा उभिएका देखिन्छन्।

त्यस्तैमध्येका एक हुन्, एमाले नेता शंकर पोखरेल।

अस्थायी केन्द्र तोक्ने सरकारी निर्णयप्रति असन्तुष्टि पोखेका पोखरेलले सरकारले आफैले तोकेको मापदण्ड पछिल्लो निर्णयमा मिचेको तर्क गरेका छन्।

उनकै दलका कतिपय नेताले चाहिँ सरकारी निर्णयमा समर्थन जनाएका छन्।

प्रादेशिक राजधानी प्रदेश सभाको दुई तिहाइले तोक्ने संवैधानिक व्यवस्था हुँदाहुँदै अस्थायी स्थानलाई लिएर भएको राजनीतिक विभाजनले समस्या थप चर्काउन मद्दत गरेको ठान्नेहरु प्रशस्तै पाइन्छन्। बीबीसी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com