रिपब्लिकनका कारण ९० लाख बालबालिकाको स्वास्थ्य बिमा गुम्नसक्ने


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

अमेरिकामा सत्तारुढ डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका कारण ९० लाख बालबालिकाको स्वास्थ्य विमा खतरामा परेको छ । रिपब्लिकनहरुले डाका कार्यक्रमका लागि समर्थन नगर्दा डेमोक्र्याटहरुले बजेट पारित गर्न नसघाएपछि यो कार्यक्रम संकटमा परेको हो । रिपब्लिकनहरुले या त ९० लाख बालबालिकाको स्वास्थ्यविमा जोगाउने या त बाल्यकालमा अमेरिका आएका ८ लाख कागजपत्रविहिन आप्रवासीलाई देशनिकाला हुनबाट जोगाउने कदमका लागि डेमोक्र्याटहरुलाई चेपुवामा पारेका थिए ।

रिपब्लिकनहरुले ९० लाखको स्वास्थ्य विमा जोगाउने वा ८ लाखलाई देशनिकाला हुनबाट जोगाउनेमध्ये एउटाको पक्ष लिन डेमोक्र्याटहरु समक्ष माग गरेका थिए । तर अब सरकार सटडाउन भएपछि चिल्डेन हेल्थ इन्सुरेन्स प्रोग्राम अर्थात् चिप फण्ड रिन्यु नहुँदा मार्चदेखि अमेरिकाका ९० लाख बालबालिकाहरुले स्वास्थ्य विमा गुमाउने सम्भावना रहेको छ ।

यो कार्यक्रम मेडिकेडका लागि तोकिएको आम्दानीभन्दा बढी कमाई गरेका कारण योग्य नभएका तर धेरै आम्दानी नभएका परिवारका बच्चाहरुलाई स्वास्थ्य विमा प्रदान गर्नका लागि ल्याइएको हो । अमेरिकी सरकारको हेल्थ एण्ड ह्युमन सर्भिसले राज्यहरुसँग समन्वय गरेको यो कार्यक्रम ल्याएको हो । जसका लागि केन्द्रीय सरकारले केही बिलियन डलर खर्च गर्नुपर्ने हुन्छ । बजेट पारित नभएपछि यो कार्यक्रम संकटमा पर्नसक्ने सम्भावना रहेको छ ।

अर्कातर्फ डेमोक्र्याटहरुले बजेट पारित गर्न सघाएमा रिपब्लिकनहरु ८ मिलियनलाई देशनिकाला हुनबाट जोगाउने डाका कार्यक्रमका लागि तत्काल कुनै सहमतिमा आउने सम्भावना थिएन । यसर्थ बजेट पारित गरेर ९० लाखको स्वास्थ्य विमा जोगाउने वा पारित नगरेर ८ लाखलाई देशनिकाला हुनबाट जोगाउने डाका कार्यक्रमको पक्षमा उभिने भन्नेमा डेमोक्र्याटहरुलाई दोधार देखिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com