अमेरिकामा एसाइलम गर्न खोज्नेलाई अपराध अदालततिर


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

अमेरिकामा आएर एसाइलम गर्न खोज्नेहरुलाई ट्रम्प प्रशासनले गैर कानुनी रुपमा सिमा पार गरेको अभियोग लगाउदै अपराध अदालतमा पेश गर्ने क्रम बढेको बिहिबार सार्वजनिक एउटा रिपोर्टले देखाएको छ । उनीहरुलाई एसाइलमको दावीका कारण अध्यागमन न्यायाधिससमक्ष पेश गर्नुपर्नेमा गैरकानुनी रुपमा सिमा पार गरेर अपराध गरेको भन्दै त्रिमिनल कोर्टमा पेश गरिएको ह्युमन राइट फस्र्टको रिपोर्टले जनाएको छ ।

अमेरिकाको संघीय कानुन अनुशार गैर कानुनी रुपमा सिमा पार गर्नु अपराध भएको भन्दै उनीहरुलाई क्रिमनल कोर्टमा पेश गरिएको हो । गैर कानुनी रुपमा सिमा पार गर्नेलाई ६ महिनासम्मको जेलसजाय हुनसक्ने र दोश्रोपटक गैरकानुनी रुपमा सिमा पार गर्दा पक्राउ पर्नेलाई २० बर्षसम्मको जेल सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ । तर व्यवहारिक रुपमा भने त्यस्ता व्यक्तिले छोटो समय जेलमा बिताएर देशनिकालाको सामना गरिरहेका छन् ।

गैर कानुनी रुपमा सिमा पार गरेर आउनेहरुले समेत एसाइलमको दावी गरेमा उनीहरुलाई अध्यागमन अदालतमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । तर त्यस्ता व्यक्तिलाई समेत अपराध अदालतमा पेश गर्ने क्रम बढेको रिपोर्टमा जनाइएको छ । ट्रम्प प्रशासनले अपराधको अभियोगको दुरुपयोग गरिरहेको मानवअधिकारबादीहरुले आरोप लगाएका छन् ।

मेक्सिकोको सिमा क्षेत्रबाट अमेरिका प्रवेश गरेका कैयनले एसाइलमको दावी गर्दा गर्दैपनि उनीहरुलाई एसाइलम अफिसर समक्ष पेश नगरेर गैर कानुनी रुपमा सिमा पार गरेको अपराधमा क्रिमिनल कोर्टमा मुद्दा लगाइएको र गैर कानुनी रुपमा सिमा पार गरेको अभियोगमा डिपोर्ट गर्ने गरिएको प्रमाणहरु मानवअधिकावादी संस्थाको रिपोर्टमा उल्लेख गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com