कृशु क्षेत्रीको म्युजिक भिडियोका २ मार्मिक कथा (भिडियो )


प्रकाशित मिति : पुस १८, २०७४ मंगलबार

साहित्यकार कृशु क्षेत्रीको गीत अचेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाल न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा कार्यरत क्षेत्रीले लेख्नुभएको गीतमा उहाँ आफैले अभिनय समेत गर्नुभएको छ । २०१७ मा शुरु गरेका आफ्ना सृजनात्मक गतिविधिले २०१८ मा आकार लिने प्रतिबद्धता अनुरुप पहिलो उपहारमा रुपमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको क्षेत्रीले बताउनुभयो ।

गीतमा चर्चित गायक रामकृष्ण ढकालले स्वर दिनुभएको छ भने गीतका संगीतकार चर्चित गायक हिमाल सागर हुनुहुन्छ । म्यूजिक भिडियोको निर्देशन अमेरिका निवासी युवा निर्देशक बिक्की पुलामी खडगले गर्नुभएको हो भने छायांकन अमेरिका निवासी चर्चित छायांकार शम्भु मोक्तानले गर्नुभएको हो । प्रवीण श्रेष्ठको सम्पादन रहेको भिडियो छायांकन लगायत विविध रचनात्मक सहयोगका लागि क्षेत्रीले न्युजर्सी निवासी पत्रकार प्रदीप थापा परियार र अधिकारकर्मी डा. विष्णुमाया परियारलाई धन्यवाद दिनुभएको छ ।

म्युजिक भिडियोको छायांकन अमेरिकामा नै गरिएको हो । भिडियोमा विभिन्न दुईवटा कथा समेत हेर्न सकिन्छ । एउटा कथामा मुख्यपात्रको एक्लोपन, छटपटाहट, सहयोगी भावना समेटिएको दैनिकी देखाइएको छ भने अर्को कथामा सडकमा माग्न बसेको युवा कसरी सानो प्रेरणाले कसरी कलेजको शिक्षा पूरा गर्न सक्षम भयो भन्ने प्रसंग देखाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com