काठमाडौंबाट एकबर्षमा २४७१० जनालाई अमेरिकी भिसा


प्रकाशित मिति : आश्विन ९, २०७३ आईतबार

गत आर्थिक बर्षमा अमेरिकाको पर्यटक भिसा पाउने नेपालीहरुको दर प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेर ५८ प्रतिशतमा झरेपनि संख्याका हिसाबले भने ह्वात्तै बढेको थियो । जसका कारण विगत १० वर्षको तुलनात्मक अध्ययन गर्दा आर्थिक वर्ष सन् २०१५ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट जारी गैरआप्रवासी भिसाको संख्या सबैभन्दा उच्च रहेको थियो । त्यस्तै आप्रवासी भिसाका सन्दर्भमा पनि १० वर्षको तुलनामा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट जारी आप्रवासी भिसाको संख्या आर्थिक वर्ष सन् २०१५ मा सबैभन्दा उच्च रहेको थियो ।

काठमाडौं दूतावासबाट १० वर्षमा जारी गैरआप्रवासी भिसा

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट पर्यटक लगायत १० वर्षमा जारी गैरआप्रवासी भिसाको संख्या १ लाख ९ हजार ६ सय ९७ रहेको छ । जस अनुशार आर्थिक वर्ष सन् २०१५ मा १९ हजार ४९ जनाले गैरआप्रवासी भिसा पाएका थिए । त्यस्तै सन् २०१४ मा १२ हजार ४ सय ४२ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट गैर आप्रवासी भिसा पाएका थिए । सन् २०१३ मा ९ हजार २ सय ४७ जनाले काठमाडौंबाट अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए भने सन् २०१२ मा ८ हजार ४ सय ३८ जनाले गैरआप्रवासी भिसा पाए । सन् २०११ मा ८ हजार ३७, सन् २०१० मा ८ हजार २ सय ७७ र सन् २००९ मा ९ हजार १ सय ६७ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको गैर आप्रवासी भिसा पाए । सन् २००८ मा १४ हजार २ सय २७ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको गैर आप्रवासी भिसा पाए, जुन संख्या सन् २०१५ पछि सबैभन्दा उच्च हो । त्यस्तै सन् २००७ मा १० हजार ९ सय ७३ जना र सन् २००६ मा ९ हजार ८ सय ९० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । आर्थिक वर्ष सन् २०१५ मा विश्वभरबाट १ करोड ८ लाख ९१ हजार ७ सय ४५ जनाले अमेरिकाको गैरआप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

काठमाडौं दूतावासबाट १० वर्षमा जारी आप्रवासी भिसा

काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट गैरआप्रवासी भिसाका तुलनामा आप्रवासी भिसा भने निकै कम जारी हुने गरेको छ । अमेरिकामा स्थायी रुपमा नै बसोबास गर्न आउनेहरुका लागि दूतावासले आप्रवासी भिसा जारी गर्दै आएको छ । डिभी लोटरी परेर आउनेहरुदेखि अमेरिकामा स्थायी रुपमा बसोबास गर्दै आएकाहरुका आफन्तहरु लगायतले आप्रवासी भिसा पाउने गरेका छन् । आर्थिक वर्ष सन् २०१५ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासले ५ हजार ६ सय ६१ जनालाई आप्रवासी भिसा प्रदान गरेको थियो । जुन संख्या १० वर्षको तुलनामा सबैभन्दा उच्च हो । त्यो बाहेक अन्य देशमा रहेका नेपालीहरुले अन्य देशबाटै आवेदन दिएर पनि आप्रवासी भिसा पाएका छन् । अमेरिकी दूतावासबाट जारी आप्रवासी भिसा संख्या हेर्दा हरेक वर्ष अमेरिकामा स्थायी रुपमा बसोबास गर्नेगरी नेपालबाट अमेरिका आउनेहरुको संख्या बढ्दो रहेको छ । आर्थिक वर्ष सन् २०१४ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासले ४ हजार ९ सय ९६ जनाका लागि आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै सन् २०१३ मा ४ हजार ८ सय ७०, सन् २०१२ मा ३ हजार २ सय ३१, सन् २०११ मा ३ हजार २ सय ६३ र सन् २०१० मा ३ हजार ५९ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेको थियो । त्यस्तै सन् २००९ मा २ हजार २ सय १०, सन् २००८ मा २ हजार ४ सय ७८, सन् २००७ मा १ हजार ७ सय ८२ र सन् २००६ मा २ हजार ५ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेको थियो । यसरी हेर्दा नेपालबाटै अमेरिकाको स्थायी बासिन्दा हुनेगरी आप्रवासी भिसामा अमेरिका आउनेहरुको संख्या १० वर्षमा ३३ हजार ५ सय ५५ रहेको छ ।

गतबर्ष कुन भिसामा कति नेपाली अमेरिकामा ?

आर्थिक वर्ष सन् २०१५ मा विश्वका विभिन्न देशबाट नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसाका लागि आवेदन दिए । जसमध्ये विभिन्न वर्गका भिसा पाउनेहरुको संख्या अमेरिकी सरकारले सार्वजनिक गरिदिएको छ । आर्थिक वर्ष सन् २०१५ मा नेपाली कुटनीतिज्ञ वा सरकारी अधिकारीका रुपमा अमेरिकाको भिसा लिने नेपालीहरु २ सय ६५ जना रहेका थिए । अर्थात् २६५ जना नेपाली कुटनीतिज्ञ र सरकारी अधिकारीहरु आर्थिक वर्ष सन् २०१५ मा ‘ए’ भिसामा अमेरिकामा आए । त्यस्तै आर्थिक वर्ष सन् २०१५ मा १४ हजार ९ सय ४४ जना नेपालीहरु ‘बी’ भिसामा घुम्ने वा बिजनेश प्रयोजनका लागि अमेरिकामा आए । अमेरिकालाई ट्रान्जिट पारेर ‘सी’ भिसामा अमेरिकामा आउने नेपालीहरुको संख्या सन् २०१५ मा १ सय ९ रहेको थियो भने अमेरिकामा जहाज वा पानीजहाजका कर्मचारीका रुपमा सन् २०१५ मा आउने नेपालीहरुको संख्या १ सय ७५ रहेको थियो । त्यस्तै सन् २०१५ मा १९ जना नेपालीहरु ट्रान्जिसनल वर्करका रुपमा अमेरिकामा गैरआप्रवासी भिसामा आएका थिए । आर्थिक वर्ष सन् २०१५ मा सन्धी इन्भेस्टरका रुपमा जम्मा १ जना नेपाली आए भने विद्यार्थी भिसामा आउने नेपालीहरुको संख्या ४ हजार ६ सय ४५ रहेको थियो । त्यस्तै नाटो वा अन्य अन्तर्रा्ष्ट्रिय संगठनमा काम गर्ने गरी ३ सय ९२ जना नेपालीहरु अमेरिकामा आर्थिक वर्ष सन् २०१५ मा आए भने यसै आर्थिक वर्षमा अस्थायी कामदारका रुपमा आउने नेपालीहरुको संख्या ८ सय १८ रहेको थियो । आर्थिक वर्ष सन् २०१५ मा ११ जना नेपाली र उनीहरुका परिवार पत्रकारिता भिसामा अमेरिकामा आएका थिए भने एक्सचेन्ज भिजिटरका रुपमा ३ सय ६६ जना नेपालीहरु अमेरिकामा आए । सन् २०१५ मा अमेरिकी नागरिकसँग विहे गर्न ‘के’ भिसामा अमेरिकामा आउने नेपालीहरुको संख्या ८८ रहेको थियो भने नेपालमा रहेको कम्पनीले अमेरिकामा रहेका कम्पनीमा आन्तरिक कर्मचारी साटफेरका रुपमा ७७ जनालाई पठाएको थियो । सन् २०१५ मा केही समयका लागि आवधिक अध्ययनका लागि २० जना नेपालीहरु अमेरिकामा आएका थिए । सोही आर्थिक वर्षमा नेपालबाटै विशेष प्रतिभाका रुपमा ‘ओ’ भिसामा अमेरिकामा आउने नेपालीहरु ६ जना रहेका थिए भने अमेरिकामा कार्यक्रम गर्ने गरी ‘पी’ भिसामा आउने कलाकार वा खेलाडीहरुको संख्या आर्थिक वर्ष २०१५ मा ३२ रहेको थियो । सन् २०१५ मा धार्मिक भिसामा १२ जना रहेका थिए भने अमेरिकामा मानव तस्करीको शिकार भएको र हिंशाको शिकार भएको भन्दै ‘यु’ भिसा पाउने नेपालीको संख्या ६ र ‘टी’ भिसा पाउने नेपालीहरुको संख्या ६ रहेको थियो । यसरी विश्वका विभिन्न देशबाट आवेदन गरेर होस् वा अमेरिकामा भिसा बदलेर होस् आर्थिक वर्ष सन् २०१५ मा अमेरिकाको गैर आप्रवासी भिसा लिने नेपालीहरुको संख्या २१ हजार ९ सय ९२ रहेको अमेरिकी सरकारले जनाएको छ ।

गतबर्षहरुमा विश्वभरबाट कति नेपालीले पाए भिसा ?

आर्थिक वर्ष सन् २०१५ मा १४ हजार ९ सय ४४ जना नेपालीहरुले विश्वभरबाट अमेरिकाको बिजनेश र पर्यटक भिसा पाएका थिए भने सन् २०१४ मा विश्वभरबाट १० हजार २ सय ८२ जना नेपालीहरुले अमेरिकाको पर्यटक र बिजनेश भिसा पाएका थिए । यो वर्ष गैर आप्रवासी भिसा पाउने नेपालीहरुको संख्या १५ हजार १ सय ८० रहेको थियो । त्यस्तै सन् २०१३ मा ११ हजार ६ सय ६४ जना नेपालीहरुले गैर आप्रवासी भिसा पाएका थिए भने त्यसमध्ये पर्यटक र बिजनेश भिसा पाउनेहरु ७८९१ जना रहेका थिए ।
सन् २०१३ मा आवेदन दिएका मध्ये झण्डै ४६ प्रतिशतले पर्यटक भिसा पाएनन् । अर्थात् ६ हजार भन्दा बढीले अमेरिकाको पर्यटक भिसा पाएनन् । सन् २०१२ भने अमेरिकाको पर्यटक भिसा पाउने र नपाउनेहरु झण्डै बराबर नै थिए । यो वर्ष १० हजार ३ सय ४१ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । जसमध्ये ६६५२ जना नेपालीहरुले बिजनेश र पर्यटक भिसा पाएका थिए । यो वर्ष आवेदन दिएकाहरुमध्ये ४९ दशमलव ४ प्रतिशत नेपालीहरुले पर्यटक भिसा पाएनन् ।
सन् २०११ मा ९ हजार ८ सय २५ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये ५ हजार ८ सय ६ जनाले पर्यटक र बिजनेश भिसा पाएका थिए । सन् २०११ मा जति अमेरिकाको पर्यटक भिसा अस्वीकृत हुने नेपालीहरु सन् २००६ यताको रेकर्ड हेर्दा यसभन्दा अगाडि कहिले पनि थिएनन् । न त त्यस पछाडि नै त्यती धेरै नेपालीहरुको पर्यटक भिसा अस्वीकृत गरिएको छ । यो वर्ष नेपाल अमेरिकाको भिसा नपाउने विश्वका मुलकहरुमा नै टपटेनमा परेको थियो । यद्यपी पर्यटक भिसाका लागि आवेदन दिएका मध्ये अधिकांशले यो भिसा प्राप्त गर्न थालेको भने गतवर्षदेखि मात्र हो । सन् २०१२ भन्दा अगाडि पर्यटक भिसाका लागि आवेदन दिने अधिकांशको भिसा अस्वीकृत हुँदै आएको थियो ।
सन् २०१० मा ९ हजार ९ सय ११ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए । त्यसमध्ये यो वर्ष अमेरिकाको पर्यटक र विजनेश भिसा पाउनेहरु ५ हजार ८ सय ५५ रहेका थिए । सन् २०१० मा सन् २०११ को तुलनामा भिसा स्वीकृत दर एक दशमलव ६ प्रतिशतले धेरै हो । सन् २००९ मा १० हजार ६ सय ८६ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएकोमध्ये दिएकोम ६ हजार १ सय ९५ जना पर्यटक र बिजनेश भिसा पाउनेहरु थिए । त्यस्तै सन् २००८ मा १५ हजार ७ सय ५१ जना नेपालीहरुले गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये ७८ सय ७५ जनाले बिजनेश र पर्यटक भिसा पाएका थिए ।
सन् २००७ मा १२ हजार ४ सय १९ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये पर्यटक र बिजनेश भिसा पाउनेहरु ६ हजार २ सय ५२ जना रहेका थिए । सन् २००६ को तथ्यांक हेर्दा ११ हजार २ सय ८५ जनाले अमेरिकाको गैर आप्रवासी भिसा पाएका थिए, जसमध्ये जसमध्ये ५ हजार ९७ जनाले पर्यटक र बिजनेश भिसा पाएका थिए ।
विगत १० वर्षको तथ्यांक हेर्दा अमेरिका आउनका लागि नेपालीहरुले भिजिटर भिसाका लागि दिएका आवेदनहरुमध्ये सन् २०१५ मा ४२ दशमवल १९ प्रतिशत, सन् २०१४ मा ३८ दशमलव २ प्रतिशत, सन् २०१३ मा ४६ दशमलव ४ प्रतिशत, सन् २०१२ मा ४९ दशमलव ४ प्रतिशत , सन् २०११ मा ५९ दशमलव ९ प्रतिशत, सन् २०१० मा ५८ दशमलव ३ प्रतिशत, सन् २००९ मा ५९ दशमलव १ प्रतिशत, सन् २००८ मा ५१ दशमलव २ प्रतिशत, सन् २००७ मा ५५ दशमलव १ प्रतिशत र सन् २००६ मा ५५ दशमलव ३ प्रतिशत आवेदनहरु अमेरिकाले अस्वीकृत गरेको छ ।

कति नेपालीहरु घुम्न आउछन् अमेरिका ?

सन् १९९७ देखि सन् २०१५सम्मको तथ्यांक हेर्दा हरेक वर्ष ३५ सय देखि १५ हजारसम्मको हाराहारीमा नेपालीहरु भिजिटर भिसामा अमेरिका आउने गरेका छन् । गैर आप्रवासी भिसामा अमेरिका आउने नेपालीहरुको तथ्यांक अनुसार सबैभन्दा बढी नेपालीहरु अमेरिकामा भिजिटर भिसामा नै आउने गरेका छन् । त्यसपछि विद्यार्थी्भिसामा नेपालीहरु अमेरिकामा आउने गरेका छन् । सन् १९९७ मा ३५ सय ५१ जना नेपालीहरु अमेरिकामा भिजिटर भिसामा घुम्न आएका थिए ।
सन् १९९८ मा ८ हजार २ सय ८ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै नेपालीहरु पर्यटक भिसामा अमेरिकामा आएको सन् १९९८ मा नै हो । सन् १९९९ मा ३६ सय ८४ जना नेपालीहरु भिजिटर भिसामा अमेरिकामा आएका थिए । त्यस्तै सन् २००० मा ३९ सय ५७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिकामा आए भने सन् २००१ मा ३ हजार ९ सय २५ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आए ।
त्यस्तै सन् २००२ मा ३८ सय ६७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । सन् २००३ मा यो संख्या घटेर ३४ सय २१ मा झरेको थियो । त्यसपछि सन् २००४ मा भिजिटर भिसामा अझ थोरै अर्थात् जम्मा ३१ सय ७१ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आएका थिए । सन् २००५ मा भने ३७ सय ७७ जना नेपालीहरु भिजिटर भिसामा अमेरिका आए । यसरी ठूलो संख्यामा भिजिटर भिसामा अमेरिकामा आउनेहरुमध्ये नफर्कने नेपालीहरुको संख्या पनि निकै ठूलो रहेको छ ।

डिपार्टमेन्ट अफ स्टेटको तथ्यांकमा आधारित

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com