जातीय छुवाछुतबिरुद्धको अभियान चलचित्रमार्फत न्युयोर्कमा


प्रकाशित मिति : श्रावण ११, २०७३ मंगलबार

आधुनिक नेपालको लज्जाका रुपमा रहेको जातीय छुवाछुतबिरुद्धको अभियानका रुपमा निर्मित चलचित्र बाटोमुनीको फूल २ न्युयोर्कमा प्रदर्शन गरिएको छ । नेपालमा दलित, सिमान्तकृत महिला र वालबालिकाहरुका लागि बिगत १८ वर्षदेखि कृयाशील सामाजिक संस्था एड्वानको आयोजना र पहलमा चलचित्र प्रदर्शन गरिएको हो । एड्वान नेपालको सहयोगार्थ गरिएको चलचित्र प्रदर्शनमा न्युयोर्कका नेपालीहरुको बाक्लो उपस्थीति रहेको थियो । चलचित्रका नायक, कथाकार, संगितकार एबं गायक यश कुमार पनि च्यारिटी शोमा उपस्थित थिए । सुवर्ण थापा निर्देशित यो फिल्ममा यशकुमारसँगै बाबु बोगटी, दिलिप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा लगायतको अभिनय छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com