तिर्सनाले गाइन् क्रिश्चियन गित, सत्कर्ममा तल्लिन रहेको भनाई


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

नेपाली ग्लामरको दुनियाँमा चर्चित तिर्सना बुढाथोकीले क्रिश्चियनहरुको महान् पर्व क्रिसमसको अवसर पारेर “लव मी जीसस् क्राईष्ट” बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएकि छिन्। नेपालमा कृष्ण भजन गाइसकेकी उनले अमेरिका आएर क्रिश्चियन गित गाएकी हुन् ।

अष्ट्रेलियाका गीतकार राम रूवालीले अँग्रेजी र नेपाली भाषा मिसाएर लेख्नु भएको गीतमा बाबुल गिरीले संगित भरेका छन्। संगितकार बाबुल गिरीले गितमा स्वरमा पनि साथ दिएका छन्। गित न्युयोर्कमा रहेको ओम डिजीटल रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको हो।

धादिँगमा जन्मिएर हाल अमेरीकाको न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी तिर्सना बुढाथोकीले यस अघि कैयन म्यूजिक भिडीयो र चलचित्रमा अभिनय कला तथा प्रतिभा प्रस्तुत गरि सकेकी छिन्। अब दर्शक र श्रोताका लागि केहि भजन तथा गीत गाउदै सकारात्मक सोचका साथ लागि पर्ने उनले बताइने । सकारात्मक सोंचका साथ अगाडि बढेमा प्रगतीको पथ समात्न बेर नलाग्ने बताउदै आफू सत्कर्ममा तल्लिन रहेको उनले बताइन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com