बेलायत इयुबाट बाहिरिने पक्रियाका लागि दोस्रो चरणको छलफलमा बस्न इयुका नेता तयार


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

काठमाडौं, १ पुस । युरोपियन युनियनका नेता बेलायत इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको दोस्रो चरणको छलफलका लागि तयार भएका छन् ।

इयुका नेताले ब्रेक्जिटको प्रक्रिया पूरा भएपछि युनियनभित्रका देशसँगको सम्बन्धका बारेमा स्पष्ट हुन बेलायतसँग आग्रह गरेका छन् । बेलायत सन् २०१९ को मार्चदेखि इयुबाट बाहिरिने छ । त्यसपछिको फेरिएको अवस्थालाई पूर्ण रुपमा मिलाउनका लागि दुई वर्ष लाग्ने अनुमान गरिएको छ । सन् २०१८ को सुरुमा हुने दोस्रो चरणको छलफलमा यही विषयमा छलफल केन्द्रित हुनेछ । आगामी मार्चमा व्यापार तथा सुरक्षा सहयोगका विषयमा छलफल हुनेछ । दोस्रो चरणको वार्ताका लागि भएको सहमतिको स्वागत गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेले यो सहमति निकै महत्वपूर्ण रहेको बताउनुभयो । तर जर्मन चान्सलर एङ्गेला मर्केलले भने आगामी बाटो निकै कठिन रहेको बताउनुभयो । यस्तै इयुका अध्यक्ष डोनाल्ड टस्कले ब्रसेल्समा भएको छलफलमा इयुका २७ नेताले खुशीका साथ दोस्रो चरणको वार्ताका लागि सहमति जनाएको जानकारी दिनुभयो । यसका लागि उहाँले बेतालयती प्रधानमन्त्री मेलाई बधाइ पनि दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com