अमेरिकी नागरिकताका लागि आवेदन दिन निशुल्क सिकाइदै


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

डिसेम्बर १९ मंगलबार न्युयोर्कको ज्याक्सनहाइटमा निशुल्क अमेरिकी नागरिकताका लागि आवेदन दिन सिकाइने भएको छ । क्वीन्स लाइब्रेरीले न्युयोर्क सिटीको मेयर कार्यालयसँगको सहकार्यमा नागरिकताको आवेदन दिने, अमेरिकी नागरिक बनेपछि हुने फाइदा र आर्थिक परामर्श लिने विषयमा कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम ३५५१ ८१ स्ट्रीट ज्याक्सनहाइटमा रहेको क्वीन्स लाइब्रेरीमा हुनेछ । दिउसो साढे ३ बजेदेखि कार्यक्रम सुरु हुने र कार्यक्रममा निशुल्क सहभागी हुन सकिने क्वीन्स लाइब्रेरीले जनाएको छ । कार्यक्रममा सहभागी हुनका लागि पहिले नै जानकारी दिन वा दर्ता गर्न जरुरी छैन । सिधै कार्यक्रममा जान सकिनेछ । कार्यक्रम साढे ५ बजे सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com