राजन थपलियाको पुस्तक अब वालमार्टमा


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

अँग्रेजी भाषामा झण्डै दर्जन पुस्तक लेखिसकेका चर्चित नेपाली अमेरिकन युवा लेखक राजन थपलियाको पुस्तक अब वालमार्टमा पनि किन्न सकिने भएको छ । सन् २०१५ को फरबरीमा प्रकाशित पुस्तक रिज्वाइस अब वालमार्टमा अनलाइनबाट किन्न सकिने भएको छ । ग्रयाण्ड इगल रिटेलले वालमार्टमार्फत थपलियाको पुस्तक बिक्रि गर्ने पठाउने जनाईएको छ ।

१० डलर मुल्य राखिएको यो पुस्तक ८६ पृष्ठको रहेको छ । जीवन र जगतका बारेमा लेखिएको यो पुस्तक अमेजन र बान्र्स एण्ड नोबलमा पनि उपलब्ध छ ।

वालमार्टबाट पुस्तक किन्न यहाँ क्लिक गर्नुहोला ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित ११ वटा पुस्तक प्रकाशन भइसकेका छन् । लेखन क्षेत्रअन्तर्गत पर्ने साहित्यको समेत हरेक विधामा कलम चलाउँदै आएका थपलियाको हालै फिफ्टी फाइभ इयर्स नामको उपन्यास सांराश प्रकाशित छ भने त्यो भन्दा अगाडि हन्ड्रेड पर्सेन्ट लाइफ प्रकाशित भएको थियो ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, लाईफ इज सो ईजी, द मिराकल अफ लाईफ, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस र हन्ड्रेड पर्सेन्ट लाईफ हुन् । थपलियाले खासगरी सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com